२०८२ जेष्ठ ३० गते शुक्रवार

माओवादी बैठक २ बजेका लागि सर्‍यो

काठमाडौं ,असोज ३ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजेका लागि सरेको छ ।

समानुपातिक सूची तयार गर्न सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सरेको हो ।

समानुपातिक सूची तयारीका लागि गृहकार्य नपुगेकाले दिउँसो २ बजेका लागि बैठक सारिएको एक नेताले बताए । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य तर्फको समानुपातिक सूची बुझाउन आज अन्तिम दिन दिएको छ ।

समानुपातिक सूची तयार गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ ।

जसको सदस्यमा शक्तिबहादुर बस्नेत, मातृकाप्रसाद यादव र गिरिराजमणि पोखरेल छन् । कार्यदलले समानुपातिक सूचीका विषयमा पर्याप्त गृहकार्य गरेपछि पार्टी पदाधिकारी बैठकमा छलफल भई निर्णय हुने बताइएको छ ।

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *