२०८२ जेष्ठ ३० गते शुक्रवार

नेपाल र चीनबीच अन्तरसंसदीय सहयोग सम्झौता

काठमाडौँ, भदौ २८ । नेपालको सङ्घीय संसद्को प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस ९नेसनल पिपुल्स कङ्ग्रेस०बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुबीच द्विपक्षीय वार्तामा भएको सहमतिका आधारमा सोमबार छबँुदे सम्झौतापत्रमा हस्ताक्षर भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले जानकारी दिए ।

सम्झौतापत्र अनुसार दुवैपक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूलभूत हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन्।

यसैगरी दुवैपक्षले दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पु(याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्ने सम्झौतापत्रमा उल्लेख छ।

दुवैपक्षले नेपाल र जनवादी गणतन्त्र चीनका दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिनेछन्।

दुवैपक्षले संसदीय मैत्री समूहलाई उनीहरूको संलग्नता अभिवृद्धि गर्न प्रोत्साहन गर्ने र साथ दिनेछन् तथा दुई व्यवस्थापिकाबीच सद्भाव र समझदारी प्रवद्र्धन गर्न सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहन गर्नेछन्।

दुवैपक्षले एकअर्काको विधायिकी, सुपरीवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यासबारे जानकारी आदानप्रदान गर्ने र दुई सरकारबीच सहमति भएबमोजिम ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ मार्फतसमेत दुई राष्ट्रबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने सम्झौतापत्रमा उल्लेख छ।

दुवैपक्ष साझा हितको विषयमा ‘इन्टर पार्लियामेन्टरी युनियन’ लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय सङ्गठनहरूको खाकाअन्तर्गत सहयोग सुदृढ गर्न सहमत भएका छन्।

यो समझदारीपत्र दुवैपक्षले हस्ताक्षर गरेको मितिदेखि लागू हुने र पाँच वर्षसम्म मान्य रहने सम्झौता भएको छ। साथै कुनै पक्षले यो समझदारीपत्र समाप्त हुने मितिभन्दा छ महिनाअगावै लिखित रूपमा यो समझदारीपत्र अन्त्य गर्ने सम्बन्धमा सूचना दिएकोमा बाहेक अर्को क्रमिक समयावधिका लागि स्वतः नवीकरण हुने सम्झौतापत्रमा उल्लेख छ।

नेपाल र जनवादी गणतन्त्र चीनबीच सहर्ष कायम रहेको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने तथा दुई राष्ट्र र जनताको आपसी हितका लागि दुवै राष्ट्रबीच सहयोगको आदानप्रदान र आपसी विश्वासलाई अझ गहन तुल्याउने सम्झौतापत्रको उद्देश्य रहेको छ।

सन् २०१९ को अक्टोबरमा भएको चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण अवसरमा नेपाल सरकार र जनवादी गणतन्त्र चीन सरकारबीच विकास र समृद्धिका लागि चिरकालसम्म मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई सहयोगको रणनीतिक साझेदारीमा अभिवृद्धि गर्ने गरी भएको निर्णयलाई पुनः पुष्टि गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

अन्तरसंसदीय आदानप्रदान र राज्य राज्यबीचको सहयोगात्मक सम्बन्धको महìवपूर्ण अंशका रूपमा रहेको तथा यसले आपसी समझदारी र विश्वास अभिवृद्धि गर्नका साथै दुई राष्ट्रबीच सहमति विस्तार गर्न मद्दत गर्ने कुरालाई आत्मसात् गर्ने सम्झौतापत्रमा उल्लेख छ।

नेपालको सङ्घीय संसद्को प्रतिनिधि सभा र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसबीचको मैत्रीपूर्ण सम्बन्ध र सहयोग सुदृढ गर्न सम्झौतापत्रमा हस्ताक्षर गरिएको सचिवालयले जनाएको छ।

यस समझदारीपत्रको व्याख्या वा कार्यान्वयनका क्रममा कुनै विवाद उत्पन्न भएमा आपसी समझदारीमा त्यसको समाधान गरिनेछ।

यस समझदारीमा कुनै परिमार्जन वा संशोधन दुवैपक्षको लिखित सहमतिबाट ग्रहण गरिने बताइएको छ।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *