२०८१ असार ३० गते शनिवार

जबराको बयानअघि आन्तरिक छलफलमा जुट्यो महाभियोग सिफारिस समिति

काठमाडौं ,भदौ २८ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग समिति आन्तरिक छलफलमा जुटेको छ।

अहिले समिति बैठक जारी छ। आजै जबराको बयान सकिने भएपछि महाभियोगबारे धारणा बनाउन समिति आन्तरिक छलफलमा जुटेको हो।

बयानका लागि जबरालाई दिउँसो १ बजे बोलाएको छ।

बयान लिन बाँकी रहेकाले आइतबार बसेको समिति बैठकले जबरालाई मंगलबार बोलाउने निर्णय गरेको थियो।

समितिले जबरालाई सोध्न अब ८ वटा प्रश्न मात्रै बाँकी छन्। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्।

समितिले आजै बयानको काम सक्ने र प्रतिवेदन तयारीमा जुट्ने बताएको छ।

भदौ मसान्तसम्म प्रतिवेदन बुझाउने समितिको तयारी छ।

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ। जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *