बुटवल,भदौ २१ । नेकपा एमालेको रुपन्देही क्षेत्र नम्बर १ र ३ दुबैबाट धनश्याम भुसालको नाम सिफारिस भयो ।
१ मा छविलाल विश्वकर्माको पनि नाम सिफारिस भएको छ भने ३ मा भुसालसँगै बासुदेव घिमिरे, यज्ञजित शाह र दुर्गा भुसालको नाम आएको छ ।
क्षेत्रबाट आएको भुसालको नाममा जिल्ला कमिटीले भने हटाउने प्रयास गरेको छ ।
प्रदेशमा नाम सिफारिस गर्न सोमबार बसेको बैठकमा रुपन्देही १ बाट भुसालको नाम पठाउने नपठाउने भन्नेमा चर्को विवाद भएको छ ।
सहमति जुट्न नसकेपछि बैठक भोलि मंगलबारलाई सरेको छ । भुसालको घर क्षेत्र नम्बर १ मा पर्छ । अघिल्लो चुनावमै उनी त्यहीबाट उठ्न चाहेका थिए । तर यहाँ छविलाल विश्वकर्मालाई त्यहाँ टिकट दिइयो भने भुसाललाई ३ मा . राप्रपाका दीपक बोहोरालाई हराएर भुसाल सांसद चुनिए ।
यो पटक उनको नाम क्षेत्र नम्बर १ को कमिटीले नै पठायो । तर दुबै क्षेत्रबाट पठाउँदा केन्द्रीय नेतृत्व दबावमा पर्ने भन्दै एकबाट हटाउन खोजिएको एक जिल्ला नेताले जानकारी दिए ।