काठमाडौं,भदौ २० । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ। बैठक सोमबार दिउँसो १ बजेका लागि डाकिएको छ।
आइतबार पनि सत्ता गठबन्धन र कार्यदलको बैठक बसेको थियो। तर सहमति जुट्न सकेन। सिट बाँडफाँटलाई टुंगोमा पर्याउने गरी आज बैठक बस्न लागेको हो।
कार्यदलमा सहमति जुटे प्रतिवेदन शीर्ष नेतालाई पेश गरिनेछ। त्यसपछि शीर्ष नेताहरुले अन्तिम निर्णय लिनेछन्।
मंसिर ४ मा हुने निर्वाचनमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्य दल गठन गरिएको छ।
सत्तारूढ गठबन्धनमा आवद्ध दलहरूले आ(आफ्नो दावीबाट पछि नहट्दा सिट बाँडफाँटको विषयमा सहमति जुट्न सकेको छैन।
प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार