२०८२ असार १ गते सोमवार

सिट बाँडफाँटमा समस्या छैन ः प्रचण्ड

काठमाडौं,भदौ १० । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँटको विषय बाहिर चर्चा गरिएजस्तो जटिल नभएको बताएका छन् ।

कार्यदललाई निर्वाचन क्षेत्रको अवस्था बुझेर भागबण्डाको खाका तयार गर्न निर्देशन दिइएकोले​ एक, दुई दिनमा नै बाँडफाँडबारे सहमति हुने प्रचण्डको दाबी छ ।

आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले नागरिकता विधेयकबारे पनि भ्रम फैल्याउने काम भएको भन्दै असन्तुष्टि पोखे ।

विधेयकलाई राष्ट्रपतिसँग जोडेर अनावश्यक विवाद सृजना गर्न खोजिएकाले सतर्क रहनुपर्ने उनको भनाइ थियो ।

पार्टी पदाधिकारीमा महिलालाई उचित स्थान नदिएको बारे पत्रकारहरुको जिज्ञासामा प्रचण्डले पदाधिकारी सिनियरका आधारमा नियुक्ति हुने भन्दै स्थायी कमिटीमा एघार जना महिला नेतृलाई एकैपटक नियुक्त गरेर महिला सहभागिता सुनिश्चित गरेको दाबी गरे ।

प्रचण्ड आज प्रदेश एकको पार्टी बैठकमा सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुन वरिष्ट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव राम कार्की लगायतका नेताहरु विराटनगर पुगेका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *