२०८१ चैत्र ९ गते शनिवार

सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ,भदौ ७ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक मंगलबार बस्दैछ। आज अपरान्ह ३ बजे बस्ने बैठकमा आगामी प्रदेश तथा प्रतिनिधि सभाको लागि सिट बाडफाँटबारे छलफलको तयारी रहेको छ।

बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ। जसकारण गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा होमिने तयारी छ। तर, कुन दललाई कति सिट दिने भन्ने विषयमा भने दलहरूबीच सहमति जुट्न सकेको छैन।

प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *