२०८१ चैत्र १२ गते मङ्गलवार

राष्ट्रपतिबाट मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण

काठमाडौं,साउन २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छिन् ।

उनले संविधानको धारा १ सय १३ को उपधारा २ बमोजिम साउन १८ गते सो विधेयक प्रमाणीकरण गरेकी हुन् ।

यसबारे आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा जानकारी गराइएको हो ।

यस्तै नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिको टेबलमा पुगे पनि कारवाही प्रक्रिया अघि बढेको छैन ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *