२०८३ साउन १ गते शुक्रवार

ढिलोमा एक साताभित्रै नागरिकता विधेयक पास हुन्छ ः प्रधानमन्त्री देउवा

काठमाडौं,जेठ २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक साताभित्र नागरिकता विधेयक पारित हुने दाबी गरेका छन्।

जसपा सांसद प्रदीप यादव सहितको टोलीसँगको भेटमा देउवाले १र२ दिनभित्रै र ढिलोमा एक सातामा नागरिकता विधेयक पारित हुने ठोकुवा गरेको सेतोपाटीलाई बताए।

ुएक साताभित्र नागरिकतासम्बन्धी विधेयक टुंगो लगाउँछु। भोलि, पर्सिमै ल्याउँछु। ढिलोमा मात्रै एक साता हो,ुदेउवाको भनाइ उदृत गर्दै यादवले भने,ुयो मेरो आश्वासन होइन, ठोकुवा हो। बिहे गरेर आउने विदेशी महिलाले विगतको जस्तै नागरिकता पाउने प्रावधान रहनेछ।ु

बिहे गरेर आउने विदेशी महिलालाई नागरिकता पाउन ७ वर्ष प्रस्ताव गरिएको भए पनि अब त्यो प्रावधान नरहने यादवले बताए।

विगतमा बिहे गरेर आउनसाथ अंगीकृत नागरिकता पाउने प्रावधान थियो।

संसदमा ५ वर्षदेखि अड्किएको विधेयकका कारण लाखौं युवा नागरिकताबाट बञ्चित भएको उनले बताए।

प्रधानमन्त्री देउवालाई भेट्न यादवसँगै जसपा सांसदहरू नरमाया ढकाल र रानी मण्डल समेत गएका थिए।

नागरिकता नभएका कारण युवाहरू अध्ययनका लागि छात्रवृत्ति, रोजगारी लगायतबाट बञ्चित छन्।

प्रकाशित मिति : २०७९ जेष्ठ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *