२०८१ मङ्सिर २४ गते सोमवार

एमाले सचिवालय बैठक जेठ ३० मा बस्ने

काठमाडौं,जेठ २७ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक जेठ ३० गते बस्ने भएको छ ।

स्थानीय तहको निर्वाचनको समीक्षा गर्न ३० गते बैठक बस्ने तयारी भएको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

‘२९ गते कार्यालयको बैठक बस्छ । उक्त बैठकले मिति घोषणा गर्छ । तर अहिलेसम्म ३० गतेलाई नै बैठक बोलाउने तयारी भइरहेको छ’, उपमहासचिव रिमालको भनाइ छ ।

नेता रिमालका अनुसार केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका अन्य एजेण्डा पनि तय गर्नेछ ।

उपमहासचिव रिमाल नेतृत्वको एमाले निर्वाचन विभागले स्थानीय निर्वाचनसम्बन्धी प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइसकेको छ । सोही प्रतिवेदनमाथि केन्द्रीत रहेर सचिवालय बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

सो बैठकमा निर्वाचनमा ‘अन्तर्घात’ गर्ने नेता कार्यकर्तामाथिको कारबाहीदेखि नेता घनश्याम भुसालको कारवाही लगायतका विषयमा छलफल गर्ने एमालेको तयारी छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *