२०८१ मङ्सिर २७ गते बिहिवार

कांग्रेस सांसदले राखे उपसभामुख पद खारेजीको माग

काठमाडौं,जेठ २५ । सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग राखेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उपसभामुख पद आवश्यक नभए खारेज गर्नु उपयुक्त हुने बताएका हुन् । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ सांसद सिंहको प्रश्न छ ।

१२ माघ २०७६ देखि उपसभामुख पद खाली छ । लामो समयदेखि पद रिक्त हुँदा समेत राजनीतिक दलहरु उपसभामुख चयनका विषयमा मौन छन् ।

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९१ को उपधारा (२) १ बमोजिम सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *