२०८१ पुष २९ गते सोमवार

विप्लवको पार्टीले असोजमा महाधिवेशन गर्ने

काठमाडौं,जेठ २० । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी असोजमा पार्टीको नवौँ महाधिवेशन गर्ने मिति घोषणा गरेको छ ।

गत १२ देखि १७ जेठसम्म बसेको नेकपा केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन १ देखि ८ असोजसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

त्यसअघि नेकपाले ५ भदौसम्म वडा र पालिका सम्मेलन तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने निर्णय गरेको पार्टीको केन्द्रीय समिति बैठकले गरेको छ । यसअघि नेकपाले फागुनमा पार्टीको महाधिवेशन गर्ने बताएको थियो । तर, स्थानीय तह निर्वाचनमा जाने विषयमा अन्तरविरोध बढेर पार्टी विभाजन भएपछि नेकपाले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।

नेकपाका महासचिव विप्लवले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेकपा ९बहुमत०का नेताहरू धमेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीलाई सच्चिएर पार्टीमा फर्किन अनुरोध गरेका छन् । तर, पार्टीको केन्द्रीय समिति बैठकले भने उनीहरूलाई गम्भीर आरोपहरू लगाएको छ ।

शुक्रबार सार्वजनिक गरेको पार्टीको विज्ञप्तिमा उनीहरूलाई ‘रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखा परेको आरोप लगाइएको छ । साथै विज्ञप्तिमा पार्टी विभाजनअघि ती नेताहरूमा आर्थिक, संगठनात्मक, राजनैतिक विकृतिहरू देखिन थालेको उल्लेख छ ।

महासचिव विप्लवले स्थानीय तहको निर्वाचनमा भाग लिने विषयले पार्टी विभाजन भएको भन्दै आफूहरूले चुनावलाई क्रान्तिको एउटा अंगको रुपमा उपयोग गरेको बताए ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत नेताहरूलाई सुध्रिएर आए एकता हुनसक्ने बताए ।

प्रकाशित मिति : २०७९ जेष्ठ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *