हेटौंडा,जेठ १९ । नेकपा एमालेको विरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित भएको छ ।
सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बसेको बिहीबार बिहान बसेको प्रदेशसभा बैठकमा एमालेले विरोध गरेपछि बैठक स्थगित भएको हो।
एमालेको मुख्य सचेतक दीपक निरौलाले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईँ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव शरणकुमार पाण्डेले कृषि अनुदान कार्यविधि विपरीत दिएको र अनावश्यक रूपमा तीन कर्मचारीको सरुवा गरेको भन्दै विरोध जनाए। उनले यस विषयमा संसदीय समिति गठन गरेर छानविन गर्न माग गरे।
निरौलाले संसदीय समिति गठन गरेर छानविन अगाडि नबढाएसम्म संसदीय कार्यक्रम अगाडि नबढाउन माग गरे पनि सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढाउन खोजे। तर, एमालेका सांसदहरुले रोष्ट्रमबाट उठेर विरोध गरेपछि बैठक स्थगित भयो।
संसद्को अवरोध खुलाउन अहिले सर्वदलीय बैठक बसिरहेको जनाइएको छ।