२०८१ माघ १३ गते आइतवार

राष्ट्रिय निर्वाचनमा गठबन्धन अघि बढ्ने मजबुत आधार बन्यो ः कांग्रेस

काठमाडौं,जेठ ९ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक प्राप्त भएको बताएको छ ।

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले यो परिणामलाई मजबुत बनाउँदै आम निर्वाचनमा स्पष्ट बहुमत ल्याउने दावी गरे।

‘यो निर्वाचनको परिणाम सन्तोषजनक रुपमा लिएका छौं । तालमेलसहित निर्वाचनको परिणामलाई हेर्ने हो भने सहयोगी दलहरुले पनि सहयोग पाएका छौं,’उनले भने।’

स्थानीय निर्वाचनका कारण राष्ट्रिय निर्वाचनमा गठबन्धनलाई अघि बढाउने मजबुत आधार पनि तय भएको बताए । उनले भने, ‘हाम्रो पार्टीमा अन्तर्घात नभइदिएको भए चार सय स्थानीय तह जित्थ्यौं । हामीले यो विषयमा समीक्षा गर्छौं ।’

एमालेले एक्लै लडेको दावी गरेपनि त्यो दावीमा सत्यता नभएको उनले बताए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *