२०८१ मङ्सिर २९ गते शनिवार

स्वर्गिय सुशील कोईरालाको वडामा राप्रपाको पुरै प्यानल निर्वाचित

दाङ, जेठ ५ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा राप्रपाले वडाध्यक्ष जितेको छ ।

श्रवणकुमार श्रेष्ठ ९९४ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन । नेपाली कांग्रेसका नरबहादुर विष्टले ५९९ मत प्राप्त गरे । राप्रपाका श्रेष्ठले काँग्रेसका बिष्ट भन्दा ३९५ मत बढी प्राप्त गरेका छन् ।

यहाँ नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार संजय साहुले ३३१,नेकपा माओवादी केन्द्रका धनबहादुर पुनले ९३ मत र जनता समाजवादी पार्टी ९जसपा०का खुमानन्द काफ्लेले जम्मा २९ मत प्राप्त गरे ।

२०७४ सालमा यो वडामा नेपाली कांग्रेसले वडाअध्यक्षसहित सबै पदहरुमा जितेको थियो । तर, राप्रपाले यो वडामा वडाअध्यक्षसहित पुरै प्यानल जितेको छ ।

यो वडा नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइराला मतदाता रहेको वडा हो ।

कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, कांग्रेस बाँकेका यसअघिकी सभापति किरण कोइराला, जिल्ला सचिव सुधान्सु कोईराला पनि १० नम्बर वडाकै बासिन्दा हुन ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *