२०८१ मङ्सिर १७ गते सोमवार

भरतपुर-३ को गणना सकिँदा विजय सुवेदी ५० मतले अघि, वडाध्यक्षमा एमाले विजयी

भरतपुर, जेठ २ । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले अग्रता बढाएको छ।

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमालेका विजय सुवेदीले ३९४४ मत पाएका छन् भने सत्ता गठबन्धनकी रेनु दाहालले ३८९४ मत पाएर पछ्याइरहेकी छन्।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १५७२ मत पाएका छन्।

महानगरपालिकाको वडा नम्बर ३ मा नेकपा एमालेका विकास थापा विजयी भएका छन्। उनले सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार भरत लामिछानेलाई हराए। थापाले १६६६ मत पाउँदा लामिछानेले १०४९ मत ल्याए।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *