दाङ, जेठ १ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा राप्रपाले वडाध्यक्ष जितेको छ ।
राप्रपाका मनोज श्रेष्ठ ५५० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन ।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रदिप श्रेष्ठले ५३४ मत प्राप्त गरे ।
यहाँ जनता समाजवादी पार्टी (जसपा) का वडाध्यक्ष पदका उम्मेदवारले २९३ मत प्राप्त गरेका थिए । यो वडामा वडामा २०७४ मा नेपाली कांग्रेसले जितेको थियो ।
प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार