२०८१ चैत्र १३ गते बुधवार

भरतपुरमा रेनु दाहाललाई ८० मतको अग्रता

चितवन,जेठ १ । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल झिनो मतान्तरले अग्रता कायम राखेकी छन् ।

चार हजार ८७७ मत गणना हुँदा रेनुले १७२७ र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १६४७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले ५७९ मत पाएकी छन् ।

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ७८९५ मत पाएका छन् । त्यस्तै राप्रपा उम्मेदवार हिमला गुरुङले १३३३ मत पाएकी छन् ।

भरतपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तालमेल छ । नेकपा एमालेले पनि राप्रपासँग तालमेल गरेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *