२०८१ फाल्गुन ६ गते मङ्गलवार

१४ वटा पालिकाको नतिजा सार्वजनिक

काठमाण्डौ,जेठ १ । पालिका चुनाव अन्तर्गत गएरातिसम्म १४ वटा पालिकाको परिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म निर्विरोध भएका समेत गरी नेकपा एमालेले ६, नेपाली कांग्रेसले ५, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ पालिकाको प्रमुख जितेका छन्।

मतगणना भैरहेको ठाउँमा कांग्रेसले अग्रता लिएको छ । २६० ठाउँमा कांग्रेसले र १६७ ठाउँमा एमालेले अग्रता लिएको छ । माओवादी केन्द्रले १०३, एकीकृत समाजवादीले १० र जसपाले २३ ठाउँमा अग्रता बनाएका छन् ।

एमाले-

मुस्ताङको लोमान्थाङ गाउँपालिका
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र
मनाङको मनाङ ङिस्याङ गाउँपालिका
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस

गुल्मीको रेसुंगा नगरपालिका
डडेलधुराको गन्यापधुरा गाउँपालिका
मनाङको नासोमा गाउँपालिका
मुस्ताङको घरपझोङ गाउँपालिका
मनाङको नार्पाभूमि गाउँपालिका

माओवादी केन्द्र

डोल्पाको जगदुल्लाह गाउँपालिका

एकीकृत समाजवादी

डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का ताङसोङ गाउँपालिका (निर्विरोध)

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *