२०८१ मङ्सिर २७ गते बिहिवार

रुकुममा माओवादीको बिजयी सुरुवात

रुकुम,बैशाख ३१ । रुकुम पश्चिममा माओवादी बिजयी सुरुवात गरेको छ। सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो।

उक्त वडाका अन्य सदस्यमा पनि माओवादीकै उम्मेदवार बिजयी भएका छन्। यहाँ कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार निर्वाचित भएका हुन्।

रुकुम पश्चिमका ७३ मध्ये यो परिणाम आएको यो पहिलो वडा हो। यतिबेला जिल्लाको मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको मत गणना भईरहेको छ।

मुसीकोटमा नगरपालिकामा कांग्रेसका महेन्द्र केसीले अग्रता लिएका छन् भने सानीभेरी गाउँपालिकामा माओवादी केन्द्रका बिर्खबहादुर विष्टले अग्रता लिएका छन्।

रुकुम पश्चिमका ६ स्थानिय तह मध्य ४ पालिकामा मतगणना सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार आठबिसकोट नगरपालिकामा मतपेटिका आई नसकेका कारण ढिलाई भएको हो भने बाफिकोटमा बिबादका कारण सुरु हुन सकेको छैन।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *