२०८१ असार ८ गते शुक्रवार

प्यूठान नगरपालिकामा सत्ता गठबन्धनको सुरुवाती अग्रता

प्यूठान,बैशाख ३१ । प्यूठान नगरपालिकामा भएको मतगणनामा सत्तारुढ दलको गठबन्धनले सुरुवाती अग्रता लिएको छ।

गठबन्धनबाट मेयर पदका उमेदवार नेकपा माओवादी केन्द्रका विष्णुबहादुर योगीले ५ सय २६ र एमालेका विजयविराज विष्टले ३ सय ४८ मत पाएका छन्।

यो वडा नम्बर १ को मतपरिणाम हो। मतगणना जारी छ।

उपमेयरमा गठबन्धनकै नेपाली कांग्रेसका देबेन्द्र बर्माले ५ सय ६१ र एमालेकी पवित्रा जिसीले ३ सय ४० मत पाएकी छिन्।

उक्त परिणाम ९ सय ७७ मत गणनाको हो। प्यूठान नगरपालिका १ मा यस अघि नेपाली कांग्रेसले जितेको थियो। नगरपालिकाभरी कुल १९ हजार २ सय ९ मत खसेको छ।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *