नेपालगंज,बैशाख २३ । नेपालगञ्ज कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले बिहीबार वडा नम्बर ११ र १२ मा घरदैलो गरेका छन् ।
विष्टले दिउँसो पख वडा नम्बर ११ र बेलुकी वडा नम्बर १२ मा घरदैलो गरेका हुन ।
वडाका उम्मेदवारहरुसहित घरदैलामा गएका विष्टले नेपालगंजको विकास र समृद्धिका लागि आफूहरुलाई मतदान गर्न मतदाता समक्ष आग्रह गरे ।
बिष्ट मत माग्दै घर घरमा पुगेका थिए ।
विष्टले स्थानीयका समस्या सुन्दै आफू निर्वाचित भए ती समाधानका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
वडा नम्बर ११ मा वडाध्यक्ष पदका उम्मेदवार उज्ज्वलसिंह राठौर र वडा नम्बर १२ मा वडाध्यक्ष पदका उम्मेदवार तरुणकुमार बज्राचार्यसहित वडा सदस्यका उम्मेदवारसंगै बिष्ट घरदैलोमा गएका थिए ।
ठाउँ ठाउँमा विष्टलाई मतदाताले स्वागत गर्दै एक सक्षम र जुझारु युवाले नेपालगंजमा नेतृत्व गरेको हेर्ने चाहाना रहेको भन्दै शुभकामना दिएका थिए ।
स्थानीयले नेपालगंज बनाउने सपना साकार पार्न आफूहरुको साथ रहने विश्वास दिलाएका थिए । घरदैलोमा कांग्रेस नेता कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।
वडा नम्बर ११ को घरदैलोमा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीपनि सहभागी थिए । नेपालगंजमा सत्तारुढ पाँच दलहरुबीच नगर प्रमुख र उपप्रमुखमा चुनावी तालमेल छ ।
नगरप्रमुखमा कांग्रेसबाट प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) बाट कमरुद्दिन राई उम्मेदवार छन् । वडाहरुमा भने छुट्टा छुट्टै प्रतिष्पर्धा छ ।