बाँके, बैशाख १९ । नेकपा एमालेबाट बाँकेको खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले ८ वटा वडालाई नमुना बनाउने उद्घोष गरेका छन ।
सोमबार खजुरा ४ ईगाउँमा आयोजित टोल भेलामा मल्लले सम्पूर्ण वडालाई प्राथमिकता दिएर काम गर्ने बताए ।
अध्यक्षका उम्मेदवार मल्लले ११२ बुँदे प्रतिवद्धता पत्रसहित आफु जनताको घरदैलोमा पुगि रहेको भन्दै विकास र समृद्धिका लागि आँफूले उम्मेदवारी दिएको बताए ।
एमाले खजुराले सुमन मल्ललाई अध्यक्ष पदका उम्मेदवार बनाएपछि खजुराका जनतामाझ एक किसिमको आशा पलाएको उनले दाबी गरे ।
मल्लले खजुराका ७ वडालाई पनि नमुना बनाउने दाबी गरेका छन् । मल्ल यसअघि वडा १ का वडाध्यक्ष थिए ।
अध्यक्ष सुमन मल्ल, उपाध्यक्ष ताजरुन निशासहितको टोलीले खजुराका वडा नम्बर १,२,३,४ मा टोल भेला गरि जनतासँग अन्तक्रिया गर्दै आएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख १९ गते सोमवार