२०८१ चैत्र ३ गते आइतवार

काङ्ग्रेस ३ को कोषाध्यक्षमा रेश्मि


तुलसीपुर,चैत २२ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर ३ को कोषाध्यक्षमा रेश्मि वलि मनोनीत भएकी छिन ।

क्षेत्रिय सभापति जगत बहादुर खड्काको सभापतित्वमा बसेको क्षेत्रिय कार्यसमितिको बैठकले क्षेत्रिय सदस्य रेश्मि वलि (डागी) लाई कोषाध्यक्षमा मनोनित गरेको क्षेत्रिय सचिब शोभाकर सापकोटाले जानकारि दिए ।

बैठकमा घर घर जाउ काङ्ग्रेस जिताउ अभियानका लागि क्षेत्रले खटाएका प्रतिनिधिहरुले आफु प्रतिनिधि बनेर गएको वडाकाे बस्तुगत अबस्था तथा अभियान अन्तर्गत भएका कृयाकलाप र स्थानीय निर्वाचनका लागि भैरहेको पुर्ब तयारिका बारेमा जानकारी गराएका थिए ।

बैठकमा वडा तहको टिकट बितरण बोर्डमा सदस्य मनोनीत गर्ने बारेमा पनि छलफल भएको थियो ।

बैठकमा क्षेत्रिय सभापतिका निकटतम प्रतिस्पर्धी सुरेन्द्र खड्का, ३ (क) का सभापति देबेन्द्र रिजाल, ख का सभापति खिम बहादुर वलि, क्षेत्रिय सचिब पुर्ण बहादुर केसी लगायतले स्थानीय निर्वाचनमा कसरि अगाडी बढ्ने भन्ने बारेमा आफ्नो धारणा राखेका थिए ।

बैठकको सहजीकरण क्षेत्रिय सचिब शोभाकर सापकोटाले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *