२०८१ असार ३० गते शनिवार

एमालेले अवरोध गरे पनि एमसीसी टेबल हुन्छ : कांग्रेस प्रवक्ता

काठमाडौँ,फागुन ८ । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले जस्तोसुकै परिस्थितिमा अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल हुने बताएका छन् ।

अहिले बस्ने प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गर्ने जनाएको छ । आफ्नो माग पूरा नभएको भन्दै एमालेले अवरोध कायमै राख्ने जनाएको छ ।

तर कांग्रेस प्रवक्ता महत भने एमालेको अवरोधका बीच पनि टेबल हुने बताए । ‘जस्तोसुकै परिस्थिति भए पनि अगाडि बढ्छ । टेबल हुन्छ । गठबन्धनका दलहरु एकमत छन् । पार्टीभित्रको विवाद कुरा सामान्य हो,’ उनले भने ।

महतले नेपालको सडक र विद्युत प्रसारण लाइनका लागि आएको सहयोग परियोजनामा छरिएका भ्रम पनि टेबल भएसँगै निवारण हुने दाबी गरे ।

प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *