तुलसीपुर, माघ २ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २३ औ साधारण सभा एव अधिबेशन शनिबार तुलसीपुरमा हुने भएको छ । माघ ३ गते बिहान ठिक ११ बजे तुलसीपुर उद्योग बाणिज्य संघको सभाहलमा हुने भएको छ ।
साधारण सभाको उद्घाटन सत्रमा असंबैधानिक एव अलोकतान्त्रिक तबरले गरिएको प्रतिनिधि सभा विघटन : प्रतिगमनको सिलसिला बिषयमा छलफल हुने छ । उक्त अधिबेशनले २ बर्षे कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गर्ने शाखा सभापति शरद रेग्मीले जानकारी दिए ।
असोज महिनामा गरिसक्नु पर्ने साधारण सभा कोभिड १९ का कारण झन्डै ४ महिना पछि गर्न लागिएको हो । दाङ शाखाको अधिबेशन गर्नका लागि केन्द्रीय प्रतिनिधि महासचिव सुशील बस्नेतलाई खटाइएको छ ।
दाङ शाखामा ६९ जना आजिवन सदस्य र ७ जना साधारण सदस्य रहेका सचिव निर्मला डाँगीले जानकारी दिइन । शान्ति समाजका राष्ट्रिय परिषद् केन्द्रीय अधिबेशन फागुन १९ देखि २२ गते पोखरामा हुँदैछ । उक्त परिषदले केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने छ ।