२०८१ मङ्सिर १७ गते सोमवार

सासु आमा, हजुरकै प्रेरणाले हालसम्म ढुक्कले पत्रकारिता गरिरहेकी छु

समय बितेको पत्तै हुदो रहेनछ । बितेको समय संगै छुटेका आफन्त, त्यसले दिने चोटको भारीहरुलाई अतितका मिठा पल संग सकि नसकी बोकेर गन्तव्य बिहिन यात्रामा रुमलिनु नै सायद मानिसको चोला हो ।

जिबनमा के के छुटे ,कति छुटे, कहाँ कहाँ छुटे ? यो बेहिसाबको बही खाता सायद बिरलै सग होला । मानव रुपी यो जिबनमा कति पय यस्ता खाताहरु हुँदा रहेछन जसलाई चाहेर पनि बन्द गर्न नसकिदो रहेछ ।

मानौ बैंकले अफरको बेला सुक्को नहुँदापनि सित्तैमा खाता खोलिदिए र एकाएक अनमोल रत्न सुरक्षित गरिदिए जस्तो । हो, यस्तै अफरको बेला खोलिएको सुरक्षित बहिखातामा अनमोल रत्न सुरक्षित गरे जस्तै मन मस्तिषकमा सधै सुरक्षित गरेर राखेको छु । मैले हजुरलाई मेरी सासु आमा ।

२०५० सालदेखि जोडिएको त्यो साईनो गत बर्षको माघ १७ गते मगलबारको त्यो बिहान पछिको सुर्यास्त संगै सधेैका लागि अस्ताएको थियो । उदाउनु र अस्ताउनु प्राकृतिक नियम हो । त्यही नियमको पालना गर्दा हाम्रो लागि बितेको बर्ष दिन ठूलो प्रलय जस्तै थियो । ७९बर्षको बुढेयौलीे उमेरमा ब्यथा माथि ब्यथा थप हुँदै कति कष्ट सहन गर्नु प¥यो होला । हजुरका थुप्रै इच्छा र चाहनाहरु अधुरै रहे होलान । नातिले चलाएको गाडीमा चढेर मात्र काठमाडौं उपचार गराउन जाने र उपचार पछि केही समय नातिनी संग उतै बस्ने हजुरको दोश्रो सपना र सोही अनुसार हजुरले तयार पारेका पोका पन्तुरा रिलझैं घुमिरहन्छन् ।

ती संगै लियर माघ १५ गते दाङदेखि काठमाडौंका लागि तय भएको हजुर ंसंगको हाम्रो पारिवारिक यात्रा त्यो नै अन्तिम यात्रा बन्यो । गफिदै गएका ती पलहरु कहिलै भुल्न सक्दिन ।

ठाउँ ठाउँमा निर्माणाधिन सडकका खाल्डा खुल्डी, धुलाम्य सडक, हुन वा यात्राका क्रममा भेटिएका र्भखरै पिच भएका चिल्ला बाटाहरु ती सबै ताजै छन् ।

घरदेखि लगेको परौंठा , आलु फ्राई दाउन्ने वरको ती होटेल, हजुरले दश औला जोडेर प्रमाण गरेका नारायणी नदीको ती शान्त छालहरु, दायाँ पारेर हिडेको पबित्र भूमी देबघाटको देबस्थल हजुरको पर्खाईमा छन जस्तो लागि रहन्छ ।

उपचार पछि पुनः देबघाट घुमाउने हजुरको नाति मन्दिपको वाचापनि अधुरै रह्यो । हाम्रा त बेग्रेल्ती सपनाहरु हजुर संगै ढले ।

राजा ,रक र फकिर नचिन्ने,मिठो मसिनो नछान्ने जसको मिति पुग्यो उसलाई जति अलाप गर्दा पनि न छाड्ने यमराजले हाम्रो अलाप के सुनुन ।

माघ १७ को मगलबार नमिठो अतित हो । हाम्रो परिवार अनि मेरो आधा जिन्दगीमा खोलिएको बहिखातामा जम्मा भएको अनमोल रत्न चोरियको दिन थिया त्यो ।

शिभिल अस्पतालको आइसियूबाट दुष्ट यमराजले हजुरलाई बिहानै सदाको लागि हरण गरेको खबर सुन्न पर्ला भन्ने रत्तिभर कल्पानामा थिएन ।
त्यो हाम्रो परिवारको दुष्ट यमराजका अगाडि एउटा भनायक हार थियो ।

अस्पतालको अर्थाेपेडिक वाडबाट ड्रेससंगै कान्छी नातिनी ममता, अस्पतालको डियुटी छोडेर हजुरकै सेवामा खटेकी जेठी नातिनी मनिसाको चित्कार आजपनि मेरो कानमा गुञ्जिरहन्छ । जेईलाई यमराज संगको लडाई जिताउने मनोबलकन साथ औषधि लिन गएको नाति मनदिपका आँखा साउने भेल बनेका थिए ।

हाम्रा अश्रुधारा दृष्ट यमराजले वास्तै गरेन । तपाँई बिना त्यस पछिका दिनहरु प्राय अलिना जस्ता लाग्छन् । नुन बिनाको तरकारी जस्तो । घरमा आउने पाहुना घटेका छन् । बुढ्यौलीका ज्ञानगुणका कुरा छुटेको छ । घर संसार नै बिरक्त लाग्न थालेको छ ।
कोठाहरु सबै अध्यरा र निरस लाग्छन । हाम्रो परिवारको धुरी खाँबो , हजुर, ज्ञानको सागर हजुर बिना रित्तो रित्तो अनुभूति हुन थालेको छ । अझैंपनि सासु आमा हजुर कतैबाट आउने आश लागि रहन्छ । खैर, त्यो भ्रम आँफैलाई गिज्याउँदै जान्छ ।

पशुपतिमा दागबत्ति दियर धुँवाको मुस्लो बनी निलो गगनमा हजुर धुँवा सगै बिलिन हुँदै गर्दाको त्यो दृष्य म कसरी भूलु ?
सृष्टिको चक्र नै यस्तै जन्मदा खुशियाली हुने, जन्मने समयको थाँहा हुने तर मृत्यु सधै रहस्यमय र अस्वभाबिक हुने । कति खेर मरिन्छ थाहा नहुने । यदी थाँहा हुदो हो त मानिसले भोलिका लागि साँचेर के राख्थ्यो होला र ? मर्नु अघि के के गथ्र्यो होला मानिस ? मृत्यु जहिले नि रहस्यमय छ ।

२९ बर्ष सम्म हजुरको बुहारी भएर रहँदा मैले जिबनमा धेरै सिक्ने अबसर पाएको छु । औपचारिक शिक्षा बिहिन भएरपनि महिला सशक्तिकरणको शिक्षा मैले हजुर बाटै पाएकी हुँ ।
महिला अधिकार र जिम्मेदारी सम्बन्धि हजुरका बाणिहरु कहिलै भूल्ने सक्ने छैन । ती बाणिहरुलाई म अलमलिदा स्मरण गर्ने प्रण गर्छु ।

धैर्यता भन्दा ठूलो पक्की नहर र पारिवारीक खुसी भन्दा ठूलो अर्को शहर ससारमा अरु केही छैन भन्ने कुरा मैले हजुर बाटै हो ।
गोलो मगोलियन अनुहार ,बाँया गालामा रातो छाप, अनार दाना दन्तलहर , सधै सुतिको धोती , चौबन्दी चोली सरोबर पाकेका केश आफ्नै घरको सेरोफेरोमा सक्दासम्म आफ्नै पौरखमा रमाउने हजुरका कर्महरु आँफैमा चिनारी थिए ।

शिक्षित भएर मात्र ज्ञान आर्जन गरिने कुरा सही होईन । केही गर्न खोज्नेलाइ बाताबरण मिलाईदिने अथवा बिरोध नगर्नु पनि सिकाईको अर्को रुप हो । २० ५९ सालतिर नेपाल टेलिभिजनमा समाचार बजे पछि हजुरे दिएको ढाडस कहिलै भूल्ने छैन ।

छिमेकी संग मेरो कर्मका बारेमा र मेरो प्रसंशामा हजुरले खर्चेका शब्दहरु मैले छिमेककै दिदी बहिनीबाट सुन्न पाउँदा धन्ने ठान्थे । अक्सर बिहे पछि पत्रकारिता पेशा छोड्न महिला बाध्य हुन्छन् । तर म हालसम्म हजुरकै प्ररेणा र साथ समर्थनले ढुक्क भएर घर बाहिर निस्कन र फिल्डमा खट्न हिम्मत जुटाउँदै आएकी छु ।

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *