२०८१ बैशाख ८ गते शनिवार

सद्भावकोे पर्व होली


होली वर्षका ३ सय ६५ दिन मध्येको एकदिन विषेश रुपमा मनाइने त्यो पनि विभिन्न प्रकारका रंगै रंगहरुसँगको पर्व अर्थात सद्भावको पर्व होली । आज दाङलगायत तराईका जिल्लाहरुमा एक आपसमा माया प्रेम आत्मीयता साटासाट गरी र हर्षोल्लासका साथ मनाउदै छाँै । प्रत्येक वर्षको फागुन शुक्लपूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाईने यो पर्वको महङ्खव आजका दिनमा पनि उत्तिकै रहेको पाईन्छ ।

सत्ययुगमा विष्णुभक्त प्रह्लादलाई मार्नको लागि हिरण्यकश्यपले विभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भै असत्य माथि सत्यको विजय भएको उपलक्षमा यो पर्व मनाउने गरिन्छ ।

होली नेपालका साथै भारत तथा अन्य विभिन्न देशहरुमा रहेका हिन्दूहरूको एउटा महङ्खवपूर्ण चाड पनि हो । त्रेता युगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेर्ने गरिन्छ, हिरण्यकश्यपका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएकी थिइन् र त्यही दिनदेखि होलीका पर्व सुरु भएको मानिन्छ ।

हाम्रा अन्य पर्वहरु जस्तै होली पर्व पनि हाम्रो संस्कृति परम्परा रितीरिवाजसँग जोडिएको हुँदा हाम्रा पूर्खाहरुदेखि नै एक आपसमा आत्मीयता प्रदान गर्दै यो पर्व मनाउँदै आएका छाँै र आज पनि मनाउदै छौ । पछिल्लो समय होली पर्वमा स–साना बालबालिका, युवायुवती, वृद्धवृद्धा सबै खुशीका साथ हास्दै रमाउँदै विभिन्न खालका रङमा रङ्गीन भएको देख्न पाइन्छ ।

हरेक पर्वहरुको आ–आफ्नै विषेशता र महङ्खव छ कुनै पर्वमा हामी एकआपसमा बसेर मिठो मसिनो खादै र नयाँ राम्रो कपडा लगाउने गर्दछौँ भने कुनै पर्वमा नाचगानका साथै विभिन्न प्रकारका रङले रंगीन हुन्छौ । यो पर्व अर्थात होली रङको पर्व भएका कारण यस पर्वमा विभिन्न ६÷७ प्रकारका रङको प्रयोग गर्दै मनाउने गर्दछौँ ।

होलीमा प्रयोग हुने विभिन्न खालका रङहरु छन् जसको महङ्खव पनि बेग्लै रहेको पाइन्छ । हामीले अत्यधिक प्रयोग गर्ने वा प्रायजसो सबैले रुचाउने रङ रातो रङ, यस्तै हरियो, पहेँलो तथा नीलो रङ बढी प्रयोग गर्ने गरिन्छ । रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । यसलाई शुद्धता एवं पवित्रताको प्रतीकको रुपमा पनि मानिन्छ । हरेक धार्मिक कार्यमा यसको प्रयोग वढी गर्ने गरिन्छ । स्वच्छ, सफा र चित्तशुद्धिको प्रतीकका रूपमा पनि यस रङलाई लिने गरिन्छ  ।

रङ खेल्दा कसैको इच्छा विपरीत जथाभावी ढंगले अरुलाई आपत्ति हुने अपमान हुने तथा आत्मसम्मानमा चोट पुग्ने गरी रङ नलगाउने, रङ खेल्ने नाममा प्रयोग योग्य रङ (धुलो) बाहेक मोविल, पेन्टजस्ता मानवीय स्वास्थ्यलाई असर पार्ने झोलिय, ठोस वा धुलो पदार्थजस्ता केमिकलको प्रयोग नगरौं, नशाजन्य लागूपदार्थ, मादकपदार्थ आदि सेवन गर्ने तथा समूहमा वा सवारी साधनमा हो हल्ला गर्ने, अपशब्द प्रयोग गर्ने, गालीगलौज गर्ने, त्रास पैदा गर्ने, सामाजिक शान्ति भङ्ग गर्नेजस्ता अराजक खालको व्यवहार नगरी सहमतिमा पर्वलाई पर्व मानेर मनाउने गरौं ।


यस्तै हरियो रङलाई प्राण जीवनशक्ति एवं मार्मिकताको प्रतीकको रुपमा मानिन्छ । भने पहेंलो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ । सेतो रङलाई शुद्धताको प्रतीक मानिन्छ भने अन्य रङहरुको पनि आ–आफ्नै महङ्खव रहेको छ । कुनै पनि रङको प्रयोग गर्नुपूर्व त्यसको फाइदा, बेफाइदा, महङ्खव र रङको प्रतीक बुझ्नु आवश्यक हुन्छ । यदि रङको जथाभावी रुपमा बढी प्रयोग भएमा यसले हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने चिकित्सकहरु बताउँछन् । पर्वका नाममा बढेका उच्छृङ्खल व्यवहारका कारण मानिसको ज्यानसमेत जाने गरेका छन् । त्यसैले हामी सबै सचेत हुन आवश्यक छ ।

तर पनि पछिल्लो समय होली पर्व मात्रै नभएर हरेक पर्वमा विभिन्न खालका विकृतीहरु अत्यधिक रुपमा मौलाएका छन् । जसका कारण समय–समयमा विभिन्न खालका समस्याहरु निम्तिने गर्दछन् । त्यसलाई चिर्न वा त्यसको अन्त्यका लागि स्थानीय प्रशासनले चाडपर्वका समयमा पटक–पटक एफएम रेडियो, पत्रपत्रिका, टेलिभिजनमा सूचना जारी गर्नुका साथै गाडीमा माईकिङ गर्दै हिडिरहेको हुन्छ तर पनि त्यसको खासै कार्यान्वयन भएको पाइदैन । अघिल्ला वर्षहरुमा जस्तै यस पर्व पनि दाङ प्रहरीले पर्वका नाममा नराम्रो घटना नहोस्, उच्छृङ्खल व्यवहार नबढोस् भन्ने उद्देश्यले सूचना जारी गर्दै माईकिङ गर्दै हिडिरहेको छ र सूचनामा भनिएको छ ।

फागु पूर्णिमा अर्थात् (होली) लाई प्रेम, आपसी भाइचारा, सद्भाव र उल्लासको पर्वको रुपमा मनाउन, रंगैरङको पर्व होलीलाई मर्यादित र शान्तिपूर्ण तवरले मनाउन आम नागरिकलाई हार्दिक अनुरोध गर्दछौँ भन्दै विभिन्न माध्यमबाट सार्वजनिक अपिल गरिएको छ । तर यसको कार्यान्वयन आम नागरिकले गर्दछ या गर्दैनन् यस बर्ष हेर्न बाँकी नै छ ।

प्रशासनको अनुरोध सबैले पालना गर्नुपर्छ गर्नेछौं भन्ने आशा अपेक्षा गरौं । होलीका नाममा भित्रिएका विकृति जथाभावी लोला हान्ने, हिलो, फोहोर पानी फ्याक्ने, अण्डा, गोलभेडा हान्नेजस्ता स्वास्थ्यलाई असर गर्ने नकारात्मक वस्तुहरु प्रयोग जान–अञ्जानमा भएको पाइन्छ । तर त्यसको असरको बारेमा साेंच्न सकिएको छैन कारण किन ?

त्यस्तै रङ खेल्दा कसैको इच्छा विपरीत जथाभावी ढंगले अरुलाई आपत्ति हुने अपमान हुने तथा आत्मसम्मानमा चोट पुग्ने गरी रङ नलगाउने, रङ खेल्ने नाममा प्रयोग योग्य रङ (धुलो) बाहेक मोविल, पेन्टजस्ता मानवीय स्वास्थ्यलाई असर पार्ने झोलिय, ठोस वा धुलो पदार्थजस्ता केमिकलको प्रयोग नगरौं, नशाजन्य लागूपदार्थ, मादकपदार्थ आदि सेवन गर्ने तथा समूहमा वा सवारी साधनमा हो हल्ला गर्ने, अपशब्द प्रयोग गर्ने, गालीगलौज गर्ने, त्रास पैदा गर्ने, सामाजिक शान्ति भङ्ग गर्नेजस्ता अराजक खालको व्यवहार नगरी सहमतिमा पर्वलाई पर्व मानेर मनाउने गरौं ।

त्यस्तै अन्यत्र ठाउँमा होली लगाउन जाने हो हल्ला गर्दै मोटरसाईकल, स्कुटी चलाउँदा नशा वा लागूपदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, दुईजना भन्दा बढीको संख्या चढ्ने, तिव्र गतिमा चलाउने, ठूलो आवाज गर्ने, झुण्ड वा समूह बनाई हर्न बजाउँदै जथाभावी चलाउने, गाडीको छतमा बस्ने, सडक बाटो अवरोध गर्नेजस्ता सवारी नियम विपरीतका कार्य गर्ने गरेको पाइन्छ ।

त्यसैले पछिल्लो समय हामीमाझ मौलाएका विकृति, विसंगति तिनिको प्रभाव नराम्रो पर्ने हुँदा यो ठूलो चिन्ताको विषय अहिले बन्न पुगेको छ । खासगरी पछिल्लो पुस्ताको आचरण व्यवहार र चाडपर्व मनाउने तौल तरिका देखेर पुरानो पुस्ता निकै चिन्तित रहेको बताउँछन् । कतै हाम्रा संस्कृति, परम्परा मुल्य मान्यतापछि हराउने त होइनन् भन्ने गुनासो सुन्नमा पाइन्छन् ।

होलीका नाममा भित्रिएका विकृति जथाभावी लोला हान्ने, हिलो, फोहोर पानी फ्याक्ने, अण्डा, गोलभेडा हान्नेजस्ता स्वास्थ्यलाई असर गर्ने नकारात्मक वस्तुहरु प्रयोग जान–अञ्जानमा भएको पाइन्छ । तर त्यसको असरको बारेमा साेंच्न सकिएको छैन कारण किन ?


त्यसैले त्यतातिर फर्किएर सोच्न जरुरी छ । पर्वको नाममा जातिय, धार्मिक, सामाजिक सद्भाव भड्किने खालको कुनै पनि कार्य नगर्न, सडक, सार्वजनिक स्थान लगायतका ठाउँमा भेला भई आगो (टायर) नबाल्ने र पटका लगायतका आवाज आउने वस्तु तथा अन्य विष्फोटक पदार्थ पड्काउनेजस्ता कार्यको अन्त्य हुनुपर्छ ।

विशेषगरी महिला तथा युवतीप्रति लक्षित गरी रङ, लोला, गोलभेडा, अण्डा, पानी आदि फ्याँक्ने र हान्ने, जथाभावी हैरानी गर्ने, दुःख दिने, असभ्यता प्रकट गर्नेजस्ता हिंसा वा दुव्र्यवहार नगर्ने, समूहमा भेला जम्मा भई मानिसलाई त्रसित पार्ने खालका क्रियाकलापले द्वन्द्व सिर्जना गर्ने हँुदा यस्ताखालका विकृति हटाउन जरुरी छ ।

कुनै किसिमले सामाजिक शान्ति भङ्ग हुने खालको क्रियाकलाप नगर्न र प्रहरी कार्य प्रभावी हुने वा शान्ति सुरक्षामा आँच आउने खालका कार्य नगर्ने तथा ड्युटीमा खटिएका प्रहरीलाई कर्तव्य पालनामा बाधा अवरोध नगर्न अनुरोध गर्दै यस्ता क्रियाकलाप गर्ने गराउन संलग्नलाई कानून बमोजिम कडाभन्दा कडा कारबाही गरिने छ भन्ने प्रशासनको अपिल हामीले पढेका छौं र सुनिरहेका छौँ पनि । तर पनि खासै कार्यान्वयन भएको पाईदैन र केही नराम्रा क्रियाकलाप घटना हुने गरेका छन् ।

हामी चेतनशील प्राणी मानव त्यसमा पनि २१औं शताब्दीका शिक्षित व्यक्ति सबै नभनाँै तर अधिकांश पनि के गर्नुपर्दछ ? के गर्नुहुँदैन ? थाहै नभएर होला सायद व्यक्ति–व्यक्तिलाई सचेत बनाउन प्रशासनले सूचना जारी गर्नु परेको जस्तो लाग्छ र हामी पनि त्यसको अटेरी गरिराखेका छौ । एकपटक अवश्य मनन् गरौं र सोचौं त के हामी सही बाटोमा हिडिरहेका छौं ? यसको परिणाम भोलि कस्तो होला ? हाम्रा भावी सन्ततिलाई यसको प्रभाव कस्तो पर्ला ?

पूर्खाहरुले बचाएर राखेका हाम्रा संस्कृति, परम्परा, रितीरिवाजहरु कहाँ पुग्छन् होला ? सोंच्ने बेला आएको छ । हामीले नसोंचे कसले सोंच्ने ? अहिले नसोंचे कहिले सोंच्ने ? हामीले नगरे कसले गर्ने ? यही कुरालाई आत्मसात् गर्दै अगाडि बढौँ पक्कै पनि सफल हुनेछौ । होइन भने भोलिका दिनमा के होला भन्न सकिदैछ ?

पौराणिक कालदेखि नै यो पर्व मनाइँदै आएको शास्त्रमा वर्णन गरिएको छ । पहाड र तराई क्षेत्रमा गरी दुई दिन मनाईने यो पर्व हिजो पहाडी भेगमा मनाइएको छ भने आज तराईका जिल्लाहरुमा मनाइदै छ । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, सबै दुश्मनीहरु बिर्सिएर रमाउनु पर्दछ ।

त्यसैले पर्वको नाममा भित्रिएका विभिन्नखालका नकारात्मक विकृति विसंगतिको अन्त्य गर्दै सकारात्मक सोंचका साथ निःस्वार्थ भावनाले आफ्नो घरपरिवार, आफन्त, साथीभाइ, छिमेकी एकआपसमा हाँस्दै, रमाउदै माया, प्रेम साटासाट गरेर मर्यादित तरिकाले यस वर्षको होली पर्व मनाऊ । हामीमाझ भएका नकारात्मक क्रियाकलापको अन्त्य गर्दै आपसमा आत्मीयता अझ प्रगाढ बनाऊ । होली पर्वलाई पर्वकै रुपमा मनाउने बानीको विकास गरौं । जसले सभ्य मानिस सभ्य पर्वको रुपमा परिचित बनाउन सकोस् रङहरुको पर्व रंगीन होलीको सबैमा शुभकामना ।

प्रकाशित मिति : २०७५ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *