तुलसीपुर, मंसिर १७ ।
तुलसीपुरमा म जाँदा खेरी,
ओमिक्रोनले तर्सायो वेस्सरी…
सायद चर्चित गायीका तथा राष्ट्रिय सभा सदस्य कोमल वलीलाई यो गीत गाउन बाध्य पारिने छ । किनकि, विश्व समुदाय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसबाट ग्रस्त हुनै लाग्दा तुलसीपुरमा भने लगालग मेला/ महोत्सव सुरु हुंदै छन् ।
नगर प्रमुख घनश्याम पाण्डेले निर्धक्कसाथ मेला महोत्सवको सिफारिस गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आँखा चिम्लेर स्वीकृति प्रदान गरिरहेका छन् ।
दक्षिण अफ्रिकाबाट देखिन थालेको ओमिक्रोन भेरियन्टले छोटो अवधिमै विश्वभर कम्तिमा ३ सय ७६ जना संक्रमित भैसकेका छन् । नेपालको सीमा मुलुक भारत लगायत ३० मुलुकमा यो भाइरसको संक्रमण पुष्टि भैसकेको छ । भारत, अमेरिका, जापान लगायतका विकशित मुलुकहरुले आफ्ना अन्तराष्ट्रिय उडानहरु बन्द गर्दै कडा रुपमा स्वास्थ्य सावधानीका लागि फेरि आफ्ना नागरीकहरुलाई अपिल गरि रहेका छन् ।
तर, दुभाग्र्य मान्नु पर्छ, तुलसीपुरमा भने भिड जम्मा पार्ने मेला/महोत्सव स्थानीय सरकारकै अनुमतिमा आयोजना हुंदैछन् । त्यसैले ब्यापारी, व्यवसायी दिर्घाबाटै कडा रुपमा विरोध समेत सुरु हुन थालेको छ । तर, स्थानीय सरकार र प्रशासन भने मौन छ ।
ठेकेदारको प्रभावमा केही व्यक्तिहरुको निहित स्वार्थमा मात्र यस्तो मौसममा मेला आयोजना भैरहेको अगुवा व्यवसायी तथा नागरिक समाजका जिम्मेवार ब्यक्तिहरु बताउँछन् ।
कोरोना भाइरसको विश्वव्याधिबाट तहशनहश भएको अर्थतन्त्र लयमा फर्कन नपाउँदै फेरि ओमिक्रोन भेरियण्टको नयाँ भाइरसको व्यापक त्रास भैरहँदा दाङको तुलसीपुरमा भने मेला महोत्सवको तयारी हुनु कदापी उचित मान्न सकिदैन । जस्लाई सामान्य व्यवसायी एवं नागरिक अगुवाहरुले वेशुरको बाँसुरीको धुन भनेर टिप्पन गर्न थालेका छन् ।
स्वास्थ्य क्षेत्रका विज्ञहरुले फेरि चिन्तित छन् । अत्यन्त स्वास्थ्य सावधानी अपनाउन आम सर्वसाधारणालाई आग्रह गर्न थालेका छन् । तर यहाँको स्थानीय सरकारले संस्थागत एवं व्यक्तिगत प्रभावका आधारमा मेला महोत्सवको सिफारिस दिइरहेको छ । स्थानीय प्रशासनले त्यसलाई आँखा चिम्लेर स्वीकृत गर्दै आएको छ ।
यसले दुई बर्षदेखि थलापरेको अर्थतन्त्रलाई माथि उकास्नुको साटो समग्र दाङमा कम्तिमा एक बर्ष आर्थिक मन्दी ल्याउन सक्ने बजार विश्लेषकहरु बताउँछन् । अहिले सम्मको अभ्यासलाई हेर्दा यहाँ सम्पन्न भएका औद्योगिक एवं व्यापारिक मेला महोत्सवले यहाँको स्थानीय उत्पादनको प्रवद्र्धन र व्यापारमा भन्दा वाह्य उत्पादन र प्रवद्र्धनलाइ नै बढावा दिंदै आएको देखिएको छ ।
मेला महोत्सवका नाममा एक पटकमा कम्तिमा पनि एक करोड भन्दा बढीको धनराशी भारत लगायत वाहिरी जिल्लामा जाने गरेको व्यवसायीहरुको विश्लेषण छ । औपचारीक रुपमा स्थानीय उद्योग वाणिज्य संघ होस वा च्याम्वर अफ कमर्ष ? आयोजकका रुपमा बसिदिने भएपनि उनीहरु सेरेमोनियल आयोजक बन्ने मात्रै हुन ।
खासमा कार्यकारी आयोजक भनेका मेलाका ठेकेदारहरु नै हुन्छन् । जुन पुर्बी झापादेखि पश्चिम कञ्चनपुरसम्म मेला महोत्सव आयोजनाका ठेकेदार हुन् । कलाकार ल्याउनेदेखि स्टल व्यवस्थापन र वाल मनोरन्जनका साधन ल्याउने पनि आयोजकले नभएर ठेकेदारले नै हो ।
तुलसीपुरकै सन्दर्भमा चन्द्र सुर्य यातायात प्रालिले यही मंसिर २३ देखि २९ सम्म प्रादेशिक महोत्सव लगाउने अन्तिम तयारी गरि रहँदा तुलसीपुर च्याम्वर अफ कमर्षले पनि तुलसीपुरमै पुस १ देखि त्यस्तै व्यापारीक महोत्सव लगाउने जनाउ दिइ सकेको छ । उही रोटेपिङ, उही खालका व्यवसायिक स्टल, उही राजेश हमाल, ज्योती मगर …जस्ता कलाकारहरु सहभागी हुने महोत्सवलाई एक पछि अर्को लगालग सिफारिस दिनु र स्वीकृती दिनुलाई पनि जिल्लाबासीले अचम्म मानेका छन् ।
तर, स्थानीय सरकारले उल्टै त्यसलाई व्यवसाय प्रवद्र्धनका रुपमा अथ्र्याउनले गर्छ । स्थानीय प्रशासनले स्थानीय सरकारको सिफारिस पछि आफुले स्वीकृती नदिइरहन नसक्ने जवाफ दिन्छ । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिले तुलसीपुरमा दुई वटै संस्थाले मेला महोत्सव सञ्चालनको अनुमती पाइसकेका छन् ।
एक पटकको मेलाले सामान्य परिवारमा कम्तिमा पनि एक महिना आर्थिक सन्तुलन खल्वल्याउने छ । क्रयमा वाहेक मनोरन्जनमा एक परिवारको कम्तिमा पनि दुई हजार रुपैंया सम्म खर्च हुने अनुमान गरिन्छ । जुन खर्चको सवै हिस्सा यहाँको व्यवसाय प्रवद्र्धनमा नभएर जिल्ला वाहिर जाने छ । त्यसले मेला महोत्सवमा संकलन भएको प्राय ठूलो धनराशी जिल्लाबाहिर जाने निश्चित छ ।
किनकि महोत्सवमा यहाँका स्थानीय मनोरन्जन साधन हुने छैनन् । अधिकांश स्टलहरु वाहिरका व्यापारीहरुले भरिएका हुने छन् । प्राय सवै उत्पादनहरु यहाँका नभएर वाहिरी जिल्लाकै हुनेछन् ।
‘दुइ बर्षसम्म विश्वव्याधिका रुपमा फैलिएको कोरोनाका कारण जारी लकडाउनबाट थलिएका व्यवसायीहरुले केही राहतको अनुभुति गरीरहेको समयमा फेरि भिड बढाएर संक्रमणको निम्तो दिने लाइसेन्स स्थानीय सरकार र प्रशासनबाट दिइनु अत्यन्तै दुर्भाग्यपूणर् अवस्था हो,’ तुलसीपुरका अग्रज व्यवसायी खगेन्द्र पोख्रेलले भने ।
कलाकार नचाउने र मनोरन्जनमा मात्रै बढी केन्द्रित हुने तथा भिडभाड बढाएर संक्रमण फैलाउने खालका यस्ता कुनैपनि जमघट गर्न अझंै समय आइनसकेको उनको अभिव्यक्ति थियो ।
‘यो समयमा व्यापारिक मेला लगाउनु वेसुरको बाँसुरी बजाउन जस्तै हो, कुनवेला मुलुक फेरि लकडाउनको अवस्थामा जाने भन्ने समयमा मेला महोत्सवको स्वीकृति र सिफारिस दुवै सोचनिय विषय हुन्,’-तुलसीपुरकै अर्का अगुवा व्यवसायी सेवकराम भण्डारीले भने ।
कोरोनाको संक्रमण मथ्थर भैरहंदा फेरि भिड बढाउने लाइसेन्स प्रदान गर्नु दुर्भाव्यपूणर् रहेको उनले बताए । ठेकेदारको प्रभावमा परेर व्यवसायीहरुले मेला महोत्सव गर्दै आएको भन्दै उनले अहिले सम्म भएका मेला महोत्सवले यहाँको व्यवसायलाई प्रवद्र्धन गर्नुको साटो सुकाउदै आएको उनले बताए ।
दुइ बर्ष सम्म व्यापार बन्द हुँदा घरखेत बेचेर भाडा तिर्दै आएका व्यवसायीहरुलाई यो मेला महोत्सवले फेरि त्यस्तै अवस्थामा पुर्याउने उनले बताए ।
नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले पनि अहिले व्यवसायिक जमघट बनईहाल्ने अवस्था नरहेको तर्क गरे । भिड जम्मागर्ने सिफारिस र लाइसेन्स दुवै रोक्न उनले संबन्धित निकायलाई आग्रह गरे । ‘कोरोनाको नयाँ भेरियन्टका कारण विश्वका शक्तिमान मुलुकहरुले समेत अन्तर्राष्ट्रिय उडान बन्द गरी लकडाउनको तयारी गरि रहँदा यहाँको सरकारले भने भिड जम्मा गर्ने लाइसेन्स दिनु उपयुक्त होइन,’- संयोजक पन्तले भने ।
अझैपनि मुलुक संक्रमणको धाँसमै रहेकाले स्वास्थ्य सावधानीमा अझै उच्च सचर्कता अपनाउनुपर्ने उनले बताए । ‘म विर्नमता पुर्वक आग्रह गर्दछु, उद्योग वाणिज्य संघ वा च्याम्वर अफ कमर्षका अधिकारीहरुलाई, यो मेला महोत्सव लगाइहाल्ने उपयुक्त समय होइन, उहाँहरुले यसमा पुनः विचार गर्नुहुने छ’, उनले भने ।
भारतमा त्यहाँको सत्तारुढ दल विजेपीले कोरोनाको संक्रमणकैबीच हरिद्धारमा कुम्भमेला लगाउँदा भारतको अर्थतन्त्र निकै तहशनहश भएको उनले स्मरण गराए । भारतका आर्थिक विश्लेषकहरुले त्यो कुम्भमेलाका कारण देशलाई अर्बौ रुपैंयाको आर्थिक क्षति पुगेको समेत टिप्पयणी गर्दै आएका छन् ।
सिफारिसका आधारमा स्वीकृति : प्रशासन
थानीय प्रशासन मेला महोत्सवका बारेमा स्थानीय सरकारले नै समन्वय गर्नुपर्ने तर्क प्रस्तुत गर्छ । कुनैपनि पालिकामा मेला महोत्सव आयोजना गर्ने सन्दर्भमा स्थानीय सरकारले दिएको सिफारिसका आधारमा स्थानीय प्रशासनले स्वीकृति प्रदान गर्ने अभ्यास रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । प्रशासनले हचुवाका तालमा आँखा चिम्लेर भिड जम्मा गर्ने लाइसेन्स भने नदिने उनको अभिव्यक्ति थियो ।
जुन उदेश्य राखेर मेला महोत्सव आयोजना गरिन्छन त्यसलाई भेरिफाई गरेर सिफारिस गर्ने दायित्व स्थानीय सरकारका जनप्रतिनिधिहरुको हुने उनले बताए ।
‘हामीले त उहाँहरुको सिफारिसका आधारमा अनुमति मात्र दिने हो’, रेग्मीले भने ।
प्रसाशनलाई मेला महोत्सवको स्वीकृति नदिने भन्ने मन्त्रालयबाट कुनै निर्देशन नआएको अवस्थामा स्वीकृति रोक्न नमिल्ने उनले बताए । ‘हो नयाँ भेरियन्टको पनि चर्चा भैरहेको छ । यदी नेपालमा पनि यो फैलने संभावना देखियो भने सरकारले जुनसुकै वेलापनि निर्देशन गर्न सक्छ र त्यो वेला हामी एक मिनेट पनि नरोकिएर सरकारको निणर्यलाई कार्यान्वयनमा ल्याउने छौं,’ प्रजिअ रेग्मीले भने ।
मेला महोत्सव गर्ने र भिड जम्मा गर्ने अहिलेको अवस्था नरहेको आफुलाई लागेपनि स्थानीय सरकारले सिफारिस गरी सकेपछि रोक्न नमिल्ने उनले बताए ।
स्थानीय सरकारले भने स्थानीय व्यवसायको प्रवद्र्धन हुने तथा स्थानीय पालिकालाई पनि मनोरन्जन कर लगायतका विषयमा आर्थिक लाभ हुने भन्दै मेला महोत्सवलाई प्रार्थमिकतामा राख्ने गरेको छ । तर, कुनवेला सिफारिस दिने वा नदिने भन्नेमा स्थानीय पालिकाका जनप्रतिनिधिकै भुमिका हुने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत मोहन पौडेलले बताए ।
‘जनप्रतिनिधि नेतृत्वको पालिकाको आधिकारिक भ्वाइस मैले बोल्न मिल्दैन, तर, मेरो व्यक्तिगत विचारमा भने अहिले मेला महोत्सव आयोजना गरिहाल्नुपर्ने समय होइन,’ प्रमुख प्रशाशकीय अधिकृत पौडेलले भने ।
दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन भाइरसबाट विश्वभर शुक्रबार सम्म ३७५ जना संक्रमित भैसकेका छन् । छिमेकी देश भारतसहित ३० मुलुकमा यो भाइरस फैलिइसकेको छ । अमेरिकाले आफ्नो यात्रा सम्वन्धी नियममा अमेरिका प्रवेशगर्नु भन्दा २४ घण्टा अघि अनिवार्य कोभिड परीक्षण गरेको हुनुपर्ने नियम बनाएको छ । दुवै डोज खोप लगाएका नागरीकहरुमा पनि यो नियम लागु हुने उस्ले जनाएको छ ।