तुलसीपुर, फागुन ७ । बंगलाचुली गाउँपालिकाका पूर्वअध्यक्ष भक्तबहादुर वली राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन ।
दाङ–२ का रास्वपा उम्मेदवार विपिनकुमार आचार्यले बुधबार वलीलाई पार्टीमा स्वागत गरेका थिए ।
वली २०७४ मा तत्कालीन माओवादी केन्द्रका तर्फबाट बंगलाचुली गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।
वली २०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेबाट तत्कालीन काभ्रे गाविस अध्यक्ष निर्वाचित भएका थिए ।
प्रकाशित मिति : २०८२ फाल्गुन ७ गते बिहिवार