तुलसीपुर , कात्तिक ४ । देउखुरीको लालमटियामा जुवा खालमा छापा हानेर प्रहरीले करिब डेढ लाख रकमसहित १४ जनालाई पक्राउ गरेको छ । जिल्लाको राप्ती गाउपालिका – २ लालमटियास्थित कालिकाचोकका सचिन शाहको घरमा छापा हानेर इलाका प्रहरी कार्यालय भालुवाङ बाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट एक लाख ४९ हजार सात सय ९५ रुपैंयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार जुवा खेली रहेको अवस्थामा राप्ति गाउँपालिका – २ लालमटियाका ३४ बर्षीइ नरेश बुढा , २६ का बसन्त कडेल, ४१ क चेतप्रसाद बुढा, ३४ का अमृत ज्ञवाली, ४३ का समुन्द्रबहादुर थापा, ३२ का जागृत भुसाल, २१ का केशब पुन मगर लगाएत छन् ।
त्यस्तै राप्ती – २ का बर्ष ३० का सञ्जु कुमाल, बर्ष ४१ क भोजराज रेग्मी, बर्ष ३७ का दिपक पुन मगर, बर्ष ३१ का केशब बिक, राप्ती –१ बस्ने बर्ष ४७ का भानु राना, बर्ष २६ का बिनोद पुन र रोल्पा सुनिल स्मृति गाउँपालिका – ४ बस्ने बर्ष ४९ का पुरन कामी पक्राउ परेको प्रबक्ता शाहले जानकारी दिए ।
