२०८२ मङ्सिर १ गते सोमवार

घर फर्किदै गरेका ६ बिद्यार्थी माथि अरिङगाल खनियो

एक जनाको मृत्यु , पाँच जना घाइते

दाङ, भदौ ६ । रोल्पामा अरिङगालले टोकेका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ ।


जिल्लाको त्रिवेणी गाउँपालिका –७ धाक्री पानीका ७ बर्षीय मोहन परियारको उपचारको क्रममा मृत्यु भएको हो ।


जिल्ला अस्पताल रेउघामा उपचारका क्रममा राति १ बजेपछि बालकको मृत्यु भएको रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।


अरिङगालले टोक्दा स्थानीय १४ बर्षीया सुनिता परियार, १० बर्षीय शंकर परियार, १० बर्षीया मनिषा परियार, ४ बर्षीय आशिष परियार र ८ बर्षीय कमल परियार घाइते छन् ।


घाइते सबैलाई थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञानका लागि रिफर गरिएको जिल्ला प्रबक्ता शाहीले बताए ।

मृतक तथा घाइते सबै त्रिवेणी गाउँपालिका – ७ स्थित श्री बिरेन्द्र माध्यामिक बिद्यालयमा अध्यनरत बिद्यार्थी हुन । बिद्यालय बाट पैदल हिडेर तिलाको जंगल हुँदै घर फर्किदै गरेका उनीहरुलाई साढे ४ बजेतिर अरिङगालले टोकेको थियो ।


उपचारका लागि घाइते सबै बिद्यार्थीलाई राति नै जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *