२०८२ कार्तिक २१ गते शुक्रवार

सदुरपश्चिम सरकारले कैलाली कारागारा झडप पछि मृत्यु भएका ब्यक्तिका परिवारलाई पाँच लाख क्षतिपुर्ती उपलब्ध गराइने

दाङ, साउन २६ । कैलाली कारागार भित्र २३ गते राति कैदीबन्दीहरूको दुई समूहबीच भएको झडपमा परि मृत्यु भएका ब्यक्तिका परिवारलाई पाँच लाख क्षतिपूर्ती दिने सुदुरपश्चिम सरकारले निर्णय गरेको छ ।

सुदुरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षमा आइबार बेलुकी अवेर बसेको बैठकको निर्णय सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सदस्य सचिव आमोद दाहालले जारी गरेको बक्तब्यमा मृतक कैदी बन्दी धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको परिवारलाई पाँच लाख क्षतिपूर्ती उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सुरक्षा समितिको बैठकले झडपमा घाइते भएका सम्पूर्ण ४७ जना कैदी बन्दीको सम्पूर्ण उपचार खर्च सकारले बेहोर्ने निर्णय पनि भएको छ ।

बैठक पछि जारी बक्तब्यमा कारागार भित्र हेलोजन लाइट, सिसीटिभी क्यामेरा शिघ्र जडान गर्ने, कारागारको छाना लगाएत आवश्यक मर्मत सम्भार कार्य आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तत्काल शुरु गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रालयबाट जारी बिभिन्न ११ बुँदे बक्तब्यको ४ नम्बर बुँदामा कारागार प्रशासन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कारागार सुरक्षाका लागि तत्काल आवश्यक पर्ने उपकरण तथा साधनहरु ब्यबस्थापन गर्ने कुरा उल्लेख छ ।

त्यस्तै कारागार भित्र सुरक्षा ब्यबस्थापनका लागि देखिएका समस्या समाधानका लागि कारागार ऐनमा आवश्यक सुधारका लागि संघीय सरकारलाई अनुरोध गर्ने, कारागारको क्षमता भन्दा झन्डै पाँच गुणा बढी कैदी बन्दी रहेको हूँदा उत्पन्न सुरक्षा चुनौनी न्यूनिकरण गर्न कारगारको क्षमता अनुसार कैदी बन्दी ब्यबस्थापनका लागि कारागार बिभाग संग समन्वय गर्ने, कारागार भित्र जाने खाद्यान्न, तरकारी तथा अन्य बस्तुको निगरानी र चेकजाँच बढाउन कारागार प्रशासन र सुरक्षाकर्मीलाई प्रमुख जिल्ला अधिकारी मार्फत निर्देशन दिने लगाएतका निर्णय भएका छन् ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *