२०८१ बैशाख १९ गते बुधवार

माओबादीकी कृष्णा केसीले मन्त्री बन्न अस्विकार गरिन


दाङ, बैशाख ६ । बाँकेबाट प्रतिनिधित्व गर्ने नेकपा माओबादी केन्द्रकी कृष्णा केसी (नमुना)ले मन्त्री हुन अस्विकार गरेकी छन ।

यसअघिकी सहरी बिकास मन्त्री केसीले सोही मन्त्राल मागेकी थिइन । आँफुले मागेको मन्त्रालय नपाएपछि उनी मन्त्री बन्न अस्विकार गरेकी हुन ।
‘ मैले मन्त्री हुन मानिन,’ उनले भनिन् ‘ मलाई मन्त्री हुन मन लागेन ।’


भावबन्डा पु¥याउन मन्त्रालय फोड्दै दश वटा मन्त्रालय पु¥याउने कुरा आँफुलाई मन नपरेको हुँदा आँफुले मन्त्री बन्न नचाहेको केसीले बताइन ।
‘ केही काम नगर्ने खाली मन्त्री मात्रै हुने मलाई मन परेन,’ उनले थपिन ‘आँफुले काम गरि देखाउन नसक्ने अवस्थामा मन्त्री भइ के बदनामी कमाउनु भन्ने लाग्यो।’


यसअघिकी माओबादीबाट अर्थमन्त्री रहेका धनबहादुर मास्कीले पनि मन्त्रालय नमिलेको हुँदा केसीले मन्त्री हुन अस्किार गरेको प्रतिक्रिया दिए ।
‘आँफुले काम गरेर देखाउन नसक्ने हो भने मन्त्री भएर मात्रै के गर्नु भन्ने कुरा उहाँले गर्नु भएको छ,’ मास्कीले भने ।
सेतोपाटीसंग माओबादी संसदीय दलका नेता तथा मुख्यमन्त्री जोखबहादुर महराले बिहान मात्रै कृष्णा केसी ( नमुना) मन्त्री हुने बताएका थिए ।


डिल्लीबहादुर चौधरी भन्दा पहिलेका एमालेका मुख्यमन्त्री लीला गिरीको पालमा मुख्यमन्त्री बनाइएपनि केसीले मन्त्रालय चित्त नबुझेको भन्दै सपथसमेत लिन अस्विकार गरेकी थिइन । गिरीले आँफु मुख्यमन्त्री सपथ लिदा पुस २८ गते आँफुसहित र केसीसहित एमालेका प्रेमनारायण आचार्यलाई विना विभागिय मन्त्रीका रुपमा सपथ खुवाएका थिए ।

त्यसको ठिक एक महिना पछि माघ २८ गते तत्कालिन मुख्यमन्त्री गिरीले माओबादीकी कृष्णा केसीलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारी तोकेका थिए । तर, त्यो मन्त्रालय मन नपरेको भन्दै केसीले सपथसेमत लिन अस्विकार गर्दै सोही दिन मुख्यमन्त्रीलाई मन्त्री पदबाट राजीनामा बुझाएकी थिइन ।

केसी लुम्बिनी प्रदेशमा निर्वाचित एक्की महिला प्रदेशसभा सदस्य हुन ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *