२०८१ बैशाख १९ गते बुधवार

स्वागत छ, तपाईहरुलाई राष्ट्रिय मिडिया महोत्सवमा

दाङ, बैसाख २। नयां बर्षको अवसर पारेर एउटा पालिकामा एउटा कार्यक्रम गरौं भन्दा नेपाल पत्रकार महासंघको विचार विमर्श र वहश कार्यक्रमलाइ बगालाचुली गाउपालिकाले समय दुइ दुइ पटक दिएन । किनकि स्थानिय सरकारहरु पनि मिडियाप्रति अझै अनुदार नै छन् ।

पत्रकार महासंघले यस अघि आयोजना गर्दै आएका नयांबर्षको कार्यक्रम र साधारणसभामा पनि खास मिडयाकर्मिहरुको सहभागिता भन्दा पनि राजनितिक मिडियाकर्मिहरुको उपस्थीति एउटा चुनौतिपुर्ण थियो ।

यहि अवस्थामा नेपाल पत्रकार महासंघको नेतृत्व विपुल पोख्रेलले गरीरहंदा र नेपाल पत्रकार महासंघ दाङको नेतृत्व दुर्गालाल केसीले गरीरहंदा अहिले हुन थालेको मिडिया महोत्वसले केहि सान्दर्भिक विषयमा आधिकारीक मिडिया को हुन् भन्नेमा पनि अवस्य विश्लेषण एवं समिक्षा पनि गर्ने छ ।

घरघरमा मिडिया, घरघरमा पत्रकार, घरघरमा युट्वीव, अनि फेसबुक र बन्द गरेर पनि चलिरहेको टिकटक, अनि फेसबुक त सामान्य भैसकेको छ ।

नेपाली नागरीकहरु कसलाइ आधिकारीक मिडिया मान्ने भन्ने देशले कानुन ल्याओस र आवान्छीत क्रियाकलापलाइ बन्द गरोस भन्नेमा पनि विश्वस्त छन् । तर पनि सरकार कत्तिपनि गम्भीर छैन ।

मिडियालाइ मात्रै अंकुश लगाउने अभ्यासमा सरकार रहिरहंदा दाङ जिल्लामा मिडिया महोत्सवको आयोजना हुँदै छ । यसमा नेपाल पत्रकार महासंघ तथा जिल्लास्थरीय पत्रकार महासंघलाइ पनि धन्यवाद दिनै पर्ने छ ।

कुनै वेला मैले कान्तिपुर दैनिकमा पत्रिका बाडेको हो । त्यसपछि समाचारसंग पनि जिल्ला व्युरो मार्फत जोडिएकै हो । कान्तिपुरमा त्यो वेला देखिको राजनिति पनि मैले नबुझेको होइन, तयार भएका अन्तरबार्ता पनि च्यातित्थ्यो ।

त्यो विषयमा म स्पष्ट छु कि मिडिया स्वतन्त्रता एउटा बचौरामा मात्र सिमित रहन्छ, चाहे त्यो संपादकको कचौरा होस, वा घरानीया व्यापारीको वा मिडियाका सन्चालकको । प्रजातन्त्रको उदयसंगै म अध्ययनका शिलशिलामा जागीरे पनि बन्न राजधानी गएकै अवस्थामा योगेश उपाध्याय संपादक रहेको र भर्खरै खुलेको पत्रिका थियो ।

त्यो वेलाको कान्तिपुर, यो वेलाको कान्तिपुर । हो कान्तिपुर पत्रिका पनि फेरीएको छ, कान्तिपुर बजार पनि फेरीएको छ । मिडिया रेस्पोन्स पनि फेरीएको छ । कसलाइ मिडियाको सम्मान दिने भन्ने अभिव्यक्ति पनि फेरीएको छ ।

हो जव कान्तिपुर खुल्यो । त्यसै पत्रिकामा काम गर्नेहरुले श्री सगरमाथा खोले, कसैले अनाहकमा वायस भएका कारण जागिर छाडे, अनि मुलुकमा द्धन्द्ध समाधान भएपछि अर्को नयां पार्टिले नयां पत्रिका पनि खोले । भारतीय एजेन्टहरुले पनि पहिला त कान्तिपुरमै लगानी गरेका थिए ।

पछि आप्पा हाउसका नाममा अर्को पत्रिका पनि चलाय अन्न पुर्ण पोष्ट । केहि समय त कान्तिपुर, गोरखा पत्र र अन्नपुर्णपोष्टका नेपाली र अंग्रेजी माध्यमबाट पत्रिका चले । तर अंग्रेजी पत्रिका सकसमा छ । किनकि अंग्रेजी पढ्नेहरु सवै मुलुकवाहिर छन् ।

यहां मिडिया महोत्सव गरीरहंदा मिडियाको परीभाषा सरकारले दिन सकेको छैन । पत्रपत्रिका, अनलाइन, युट्युव, फेसबुक, टिकटक कुन कुन आधिकारीक मिडिया हुन भन्ने संसय पैदा भएको वेला कान्तिपुर दैनिकमा रात्रि डेक्समा नेतृत्वदायी भुमिका लिने अखण्ड भन्डारीले पनि मिडियाको परीभाषा दिनुहोला ।

के सांचचै अहिले सवै नेपाली मिडियाकर्मि, सवै मिडियाकर्मि नेपाली भएको हो त? अखण्ड भण्डारी जी, कान्तिपुरको डेक्स हुदै तपाइ अन्नपुर्ण पोष्टमा गैरहंदा नेपाली मिडियाको परीभाष उथावत हो कि फेरीएको हो ।

अर्का मेरा आदरणीय अग्रज मित्र किरण नेपाल पनि सोधखोज पत्रकारीताको मिशन लिएर आउदै छन । युट्युव च्यानलहरुले घरघरको झगडा सासर्वजनिक गरीरहंदा खोजपत्रकारीताको उपदेयिताका विषयमा पनि आम सहभागिहरुलाइ तपाइको पनि जवाफ छ ।

नेपालको अर्को लिडिङ दैनिक पत्रिका कान्तिपुर दैनिकका उमेश चौहानलाइ पनि यहां स्वागत छ । त्यो वेलाको कान्तिपुर । तर अहिले त्यो वेलाको कान्तिपुर होइन, पार्टि फुटेजस्तै फुटेको कान्तिपुर ।

साहु फुटेर नागरीकको जन्म भयो । तर त्यसको केहि अर्थत देखिएन । कान्तिपुरले पनि अहिले धेरै मात्रामा कर्मचारी कटौतिको दवाव दिइरहेको छ । नागरीक पत्रिकाको त त्यो भन्दा पनि वेहाल छ रे । मानौ कुनै राष्ट्रिय दैनिक पत्रिकाको संपादक हुनु भनेको वलीको बोका हो ।

हो अहिले लिडिङ दैनिक पत्रिकाका संपादक वलिका बोका जस्तै हुन् । कतिवेला पर्छिनु पर्ने हो थाहै हुदैन ।

त्यसपछिको कान्तिपुर र अहिलेको कान्तपुरको परीभाषा समेत फेरीएको छ । पिएलसिंह नगरपिता घोषित हुदा उनले गरेको विदेशि राष्टका नगरपालिकासंगको सहकार्य र अहिलेका मेयर वालेन शाहले आफ्नै वलवुतामा ज्युन खोजेको प्रयासलाइ पनि तुलनात्मक अभिव्यक्ति तपाइबाट आउने नै छन् ।

किनकि युवाहरु खारिएका हुन्छन्, तपाइ योगेश उपाध्याय होइन, तपाइ युवराज घिमिरे होइन, अनि तपाइ नारायण वाग्ने पनि होइन । खासमा तपाइ दाङ जिल्लामा कम्तीमा साढे एक दिन बस्दा त यी सवै विषयमा बोल्नु त पर्लानी ।

के हो? मिडिया महोत्सव? राजनिति होकि पहिचान होकि प्रचारात्मक अभियान हो । मिडिया सुस्त भैरहेको अवस्थामा मिडिया महोत्सव आयोजना गर्नुको उपदेयिता तपाइ पाहुनाहरुलेनै पुष्टि गर्नुपर्ने छ । मिडियाको सवलीकरण हाम्रो साझा अभियान पनि हो । तर मिडिया पार्टि केन्द्रित शक्तिका रुपमा आइरहेका छन् । परिवार केन्द्रित रुपमा आइरहेका छन् । यो लोकतन्त्रकालागी कति उपयुक्त हुन्छ भन्ने विषयमा पनि तपाइहरुको गम्भीर ध्यानाकर्षण पनि गराउन चाहन्छु ।

मोफसलका मिडियालाइ कसरी उठाउने भन्ने चुनौति छ । उठिसकेपनि चलायमान गराउने अर्को चुनौति छ । राजनितिक रंग फेर्ने अर्को चुनौति छ । यी सवै कुराहरुमा आगन्तुक अतिथि एवं अग्रज दाजुभाइहरुले केहि भुमिका निर्वाह गर्नुहुने छ भन्ने पनि हाम्रो अपेक्षा हो

पत्रकार महासंघको चुल्हे निम्तो

यसैबीच नेपाल पत्रकार महासंघ दाङ शाखाले पहिलो राष्ट्रिय मिडिया महोत्सवमा जिल्लाका सवै स्थानिय सरकार, प्रहरी प्रशासन, जिल्ला समन्वय समिति, जिल्लाका गैरसरकारी संघसंस्थाहरु, आम मिडियाकर्मिहरु, पत्रकार महासंघ दाङ शाखामा आवद्ध संपुणै सदस्यहरु संगै सवै अधिकारकर्मि र जिल्लाबासीलाइ पनि सामुहिक चुल्हे निम्तो गरेको छ ।

महासस्ंघका अध्यक्ष दुर्गालाल केसीले यो महोत्सव पत्रकार महासंघको साधारणसभा संग पनि जोडिएकाले यसमा अधिक्तम सहभागिताकालागी सवै सदस्यहरुलाइ पनि अपिल गरेका छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले यही वैशाख ३ र ४ गते घोराहीमा आयोजना गरेको राष्ट्रिय मिडिया महोत्सवको तयारी तीव्र पारिएको छ ।

दाङमा पहिलोपटक हुन लागेको मिडिया महोत्सवको तयारी अन्तिम चरणमा पुगेको नेपाल पत्रकार महासंघ दाङ शाखाले जानकारी दिएको छ ।

आगामि ३ गते विहान साढे दश बजे होटेल माला इन घोराहीमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम छ । सो दिन पत्रकार महासंघको साधारण सभा एवं अधिबेशनसँगै संघियता, विकास र मिडिया विषयक बहस कार्यक्रम हुनेछ ।

जसमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र मिडिया बिज्ञहरु वक्ताको रुपमा रहनुहुने छ ।

दोस्रो दिन वैशाख ४ गते मिडियाको सामथ्र्य र भविष्य, नैतिकताको कसीमा मिडिया, मिडियामा समावेशी सवाल, हिजोका मिडिया र आजका मिडिया, कानुन निर्माण र मिडिया साक्षरता लगायतका विषयमा छुट्टाछुट्टै बहस हुने नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के.शीतलले जानकारी दिए।

बहसका लागि वक्ताको रुपमा सहभागी हुन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहान, अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरी लगायत राष्ट्रिय स्तरका ख्याति प्राप्त पत्रकारहरु दाङ आउने छन् ।

दाङमा पहिलोपटक हुन लागेको यस मिडिया महोत्सवलाई जिल्लाबासीहरुले अवसरको रुपमा लिन महासंघ दाङले सम्पूर्ण सरोकारावालाहरुलाई अनुरोध गरेको छ ।

साथै महासंघले मिडिया महोत्सवमा उपस्थित हुन सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *