२०८१ बैशाख १५ गते शनिवार

यात्रा स्मरण

दार्जिलिङ÷सिक्कीमः नेपाली पन, नेपाली मन

सिक्किम) भारत) ,चैत १६। यो लेखिरहंदा हामी भारतको सिक्किमबाट फर्किसकेका थिर्यौ । तर त्यो भुमि मलाइ भारत भन्न मन पटक्कै लागेको छैन । तर पनि हामीलाइ स्वागत गर्ने होटलले आफुलाइ भारतीय भनेर सान साथ भनिरहेको थियो । तर भाषा नेपाली थियो, मन नेपाली थियो, तर नागरीक भारतका थिए

‘मन त नेपाली हो.. यो गित सुन्नु भएको छ? उसले आफ्नो मोवाइलमा गित रिप्ले गर्यो, जुन हामीलाइ दार्जिलिङ र सिक्कीम घुमाउने एउटा भारतीय नेपाली थियो । हाम्रो यात्रा इलामको पशुपतिनगरबाट उसैले सुरु गराएको थियो । उसको नाम विशाल तामाङ । वोर्डर क्रस गर्दा मात्र थाहा पायौं, उ त दार्जिलिङको नागरीक रहेछ ।

तपाइलाइ सवै यो क्षेत्रका दुइ वटा प्रान्त घुमाउने प्याकेजमा आएको छु, कत्तिपनि कन्फ्युज हुन दिने छैन’, हाम्रो प्याकेज डाइभरले भन्यो । उसले बाटोमा गाएको नेपाली गित, उसले बोलेको भाषा, उसले खाना खुवाएको दािर्जलिङको ताम्सालिङ होटल सवैले हामीलाइ नेपाली स्वागत गरीरहेका थिए ।

दुइदिनको प्याकेजमा हिडेका हामीहरुलाइ पशुपतिनगर बोर्डर कस भएको कुनै पत्तो भएन । माथि दशगजामा पुग्दा पनि शेल पकाउने एक जना होटल्नीले हामीलाइ फेरी दार्जिलिङ र नेपालको जंगे पिल्लरका विषयमा जानकारी गराइन् ।

त्यो वेलाको नापी नक्सामा समस्या थियो सायद, त्यसैले मानेभन्ज्यांङको बजारलाइ भारत र नेपालको साधका रुपमा सुझाइन । किनकि त्यो बसिसकेको बजारमा जंग वहादुर राणाले गाडिेको पिल्लरले मानेभन्ज्याङलाइ दुइ देशमा विभक्त गराएको थियो ।

वाल मतलव, हामी अर्कोै स्थानमा पुगेपछि मात्रै हामीले दार्जिलिङ बजारको गन्तव्य पहिल्याउने छौ । होर्दै जानुस्, तपाइहरुले भनेको भन्दा हामीले दिने कुनै प्याकेज टुर तपाइलाइ छुटाउने छैनौं;’—हाम्रो भरोसा भनेकै त्यहि सवारी चालक ।

किनकि भारत यात्रामा उनीहरुकै सवारीसाधनको भर । तर त्यो चालक वेमान थिएन । किनकि उसको नामनै विशाल तामाङ थियो । खासमा उ दार्जिलिङको नागरीक भएपनि मन त नेपाली थियो । धादिङको छोरो थियो ।

घुम्दै पुग्दा दार्जिलिङ, जहा भारतीय भाषा बोल्ने कोहि पाएनौं । भान्सा भारतीय केहि पाएनौ, जसरी नेपालको मधेस प्रदेशमा भारतको झल्को हामीले पाएका थियौं । तर त्यो भन्दा बढि नेपाल दार्जिलिङ र सिक्कममा थियो । उनीहरुको भाष नेपाली थियो, नेपाली खाना थियो, नेपाली चालक थियो अनि सायद त्यो नेपाली माटो थियो । सायद जंग वहादुरले यो क्षेत्रलाइ पश्चिम क्षेत्र साटेका थिए ।

दार्जिलिङको चिडियाखाना नेपालकै जस्तो लाग्थ्थ्यो, त्यहांको भुगोल नेपाल जस्तै लाग्थ्थ्यो, त्यहांको बतासे डांडा हाम्रो वगलाचुलिको मुर्कुटिको जस्तै थियो । त्यो भन्दा पहिले दार्जिलिङको चिडियाघरको पनि लेखौं । चिडियाघरसंगै संग्रहालय । चिडियाखानाका जनावर त नेपालबाट आएका चराहरुनै थिए, तर संग्रहालय पनि नेपाली पनको थियो ।

चिडियाघरमा सगरमाथा चढ्न माउन्टेन क्लाइम्विङको प्राक्टिस भएसंगै संग्रहालयमा पनि नेपाली चराहरु, नेपाली पहिरन, अनि नेपाली हिमालहरुको चित्र ।

फस्ट एम्भ्रेष्ट क्लाइम्वर एडमण्ड हिलारीको भन्दा बढि प्रचार थियो, नेपाली हिमाल चढ्ने अभियन्ता तेन्जीङ नोर्गे शेर्पा । उनलाइ तात्कालिन भारतीय राष्ट्रपतिले गरेको सम्मान मात्र थिएन, संग्रहालय र चिडियाखानामा हिमाल चढ्नकालागी भिन्नै टिकट सिस्टम पनि थियो ।

‘दाइ चढ्ने र? सहयात्री कुलवहादुरले भनेका थिए, तर उनको शरीर देख्दा मलाइ पनि आट आएन । किनकि हामी कृतिम हिमाल चड्न चाहेका थिएनौं ।

संग्रहालयमा भौतारीइरहंदा हाम्रो टिमका केहि साथीहरु गुमनाम भए, किनकि कसलाइ कुन यात्रा मनपर्छ, त कसलाइ कुन दुनिया मन पर्छ । कसैले बाघसंगैको तस्वीर खिचिरहेका थिए, कसैले अफ्रिकाबाट भाग्दै आएका नेपाली चराहरुको संस्कारसंग । त्यसो त हामी त्यतै वरालीदै गर्दा दार्जिङलिङको बतासे डाडाले पनि हामीलाइ बोलायो ।

केहि सहयात्री छुटे केहि पुग्यौं । नेपाली परम्परागत पहिरन, मिनि सिटि रेलयात्रा, पन्ध्र रुपैयामा व्याक कफि, अनि नेपाली पनको सत्कार । हामी होटल तामांसालिङमा जसरी नेपाली खाना आएका थियौं त्यसरीनै फर्कदा उस्तै खाजा पनि ।

सुपर नेपालीपन थियो सिक्किममा

त्यसोत हामी दार्जिलिङबाट सिक्कम वोर्डरमा पुग्दा त्यहां सुरक्षा व्यवस्था अलि बढि थियो । किनकि उनी भाषभासीलाइ भन्दा पनि आफ्ना नागरीकलाइ मात्रै भिन्नै प्रदेशमा भित्राउदा रहेछन् ।

भाषा नेपाली भएपनि पृथक सिक्कीमको आन्दोलन त त्यहां थिएन, तर चुनाव नजिकिंदै गर्दा एक अर्को प्रदेशको आवागमनलाइ बढि निगरानी रहेछ । हामीलाइ नेपालकै सिराहाको भुमिमा खाना खादा दालचामल के खाउ भनिरहेका थिए, तर सिक्कीममा दालभात र अचार…। सिन्की अनि गुन्द्रुक ।

हामी त्यहां छिर्नु अघि खेमखुरुङको कालेपुंगको मैना चरी, टिस्टा खोला झर्यो है, काले पुङको मैना चरी । हो हामी कालेपुङ क्रस गर्दै गर्दा एक जना नेपालमुखि कलाकार खेम गुरुङको गित हो यो ।

त्यसैगरी अर्को एक स्टेपछि हामी अभिनेता डेनी डेङ जोङमाको वियर फेक्टिङमा पुग्दा हामी सिक्कमको राजधानी गान्तोकलाइ पछ्याइरहेका थियौं ।

मानौ नेपानी मन नेपाली पन हामीलाइ सिक्कीमले कुरीरहेको थियो । हामी गाउदागाउदै सिक्कम पुग्यौं । त्यो भारत भएपनि नेपाली पन थियो, नेपाली मन थियो, अनि नेपाली क्षेत्र पनि थियो ।

सिक्कीममा हामी स्टे गरेको होटलनै पुर्व मुख्य मन्त्री नरवहादुर भण्डारीको थियो । सुर्मिला होटल । कति नेपाली पन, कति नेपाली मन नेपाली मन । सिक्कीमको महत्वपुर्ण मुटु बजार थियो, महात्मागान्धी रोड । उनीहरुले त्यसलाइ एमजि रोड भन्दा रहेका छन् ।

खालि खुट्टा पैदाल हिड्दा पनि धुलो नलाग्ने त्यो सडक बीचमा एउटा सुन्दर वगैचा थियो । सुन्दर बगैचाका बीचबीचमा नेपाली पनको खरे घर, अनि नेपाली भान्सा । हामी त्यहिं रातको नौ बजे सम्मको पैदलन यात्रा तय गर्यौ ।

सिक्कीमको गान्तोक शहर हामीलाइ नेपाली बजार जस्तै लाग्यो । मानौ नेपाली पनको शहर हो सिक्कम, नेपाली मनको बजार हो सिक्कीम । किनकि अहिले पनि त्यहां गोले तामाङ सिक्कमका मुख्य मन्त्री थिए । फेरी उनी चुनाव दोहोराइरहंदा उनकै पक्षमा थियो नेपाली मन ।

गौतम बुद्धका भक्तजनहरु, शान्त गूम्वा र शान्त फुल गार्डेन संगै हामीले हेर्न नभ्याएको भनेको हिउखेल्ने सिक्कम लेक मात्रै हो । हामी अर्को यात्रामा प्याकेज लिएर त्यहां पनि पुग्ने बाचा गयौं ।

त्यसो त सिक्कममा नेपाली मन छ, तर अनुशासन भारतीय शैलिको छ । सडकको बीचमा सुगन्धित मनोरम फुलहरु छन्, तर ती फुलहरु टिप्नकालागी होइन, छुनकालागी पनि होइन । फुल टिपे तीन महिना कैद र ५ हाजर जरीमाना थियो, त्यहां ।

सिसि क्यामेराको निगरानीमा थियो त्यो महात्मागान्धी रोड । त्यसैले त निर्वाध राती दश बजेसम्म विना सुरक्षाकर्मि चलिरहेको थियो सिक्कीमको गान्तोक बजार….। सिक्कमबाट फर्केपछि ।

प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *