तुलसीपुर,मंसिर १२ । पर्यावरणीय मैत्री नमुना गाउँ ( इको भिलेज ) को स्थानीयकरणका लागि
जिल्ला स्तरीय परामर्श बैठक मंगलवार तुलसीपुरमा सम्पन्न भएको छ ।
ओरेक दाङको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाका १० वटै पालिकाका प्रमुख–उपप्रमुख लगाएत विभिन्न सघंसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो । ओरेकले तुलसीपुर उपमहानगरपालिका वडा नं. १०,वडा नं. ११ र दंगीशरण गाउँपालिका वडा नं. ३ मा यो कार्यक्रम सुरु गरेको छ ।
दाङ जिल्लामा बिगत १० बर्ष देखि दिगो बिकास लक्ष्य प्राप्तिको लागि पर्यावरणिय मैत्री नमुना गाउँ ( इको भिलेज ) सञ्चालन गर्दै आएको दिगो बिकास कार्यक्रमका संयोजक हरिशरण धितालले जानकारी दिए ।
पर्यावरणीय मैत्री नमुना गाउँले परम्परागत गाउँलाई पर्यावरणीय मैत्री नमुना गाउँमा रुपान्तरण गर्न मद्धत गर्ने उनले बताए ।
त्यस्तै यसको दिर्घकालिन सोचाईले गर्दा गाउँमा महिला तथा सिमान्तकृत समुदायको प्रकृति तथा पर्यावरणीय मैत्री व्यवहार र प्रविधिको प्रयोग सामुहिक निणर्यका आधारमा गरि उपलब्ध श्रोत र सम्पदाको दिगो व्यवस्थापन गर्न,सामाजिक,भावनात्कम,आत्मगत भौतिक र आर्थिक आवश्यकताहरु पुरा गर्न,मानवअधिकारमुखी सोच,जैविकखेती प्रणालीको सिद्धान्त र कार्यशैली अनुरुप र महिला उद्यमशिलता विकासद्धारा महिलाको समग्र अधिकार सुनिश्चिताको लागि,यस कार्यक्रमले गरिवी निवारण,खाद्य सुरक्षा,स्वास्थ्य अधिकार सुनिश्चिता तथा जैविकोपार्जनको सहजीकरणमा समग्र रुपमा दिगो रुपले सकारात्मक असरहरु पारिराख्न मद्धत गर्नुका साथै जलवायु परिवर्तनको कारण समुदायमा देखिएका सवालहरुको सम्बोधनको लागि समुदाय सुसुचित भई अनुकुल र न्युनीकरणको लागि तयारी रहन मद्धत गर्ने संयोजक धितालले जानकारी गराए । उनले इको भिलेजमा सुधारिएको पशु गोठ निमार्ण,मनोविमर्श केन्द्र तथा ध्यान केन्द्र,बाल विकास केन्द्र,गोवर ग्यास वा नविकरणीय उर्जाको प्रयोग,सुधारिएको धुवा सहित चुलो ,कृषि उपज संकलन केन्द्र तथा शुन्य शक्ती भण्डारण,बानस्पितिक बिषादी निमार्ण,परम्परागत ज्ञान सिप संरक्षण तथा प्रबद्र्धनको लागि योजना सहितको केन्द्र सधन जैविक खेचीको लागि प्लाष्टिक घरको निमार्ण लगाएतका भौतिक संरचनाहरु हुनुपर्ने बताए ।
उनले इको भिलेजमा हालसम्म विभिन्न सञ्जालहरु गठन,सघन जैविक खेती सम्बन्धी तालिम,कृषक पाठशाला सञ्चालन,कृषकहरुको लागि बिउ तथा प्राविधिक सहयोग,महिला सशक्तीकरण र नेतृत्व विकास सम्बन्धी तालिम,कृषि जे टिए तथा पशु पालन प्राविधिक तालिम प्रदान ,सामुहिक खेतीको लागि सहयोग तथा सहजीकरण ,सुधारिएको पशु गोठ निमार्णको लागि प्राविधिक तथा आर्थिक सहयोग लगाएतका गतिविधिहरु सञ्चालन गरेको बताए ।
ओरेकले हालसम्म १६ वटा स्थानमा परम्परागत गाउँलाई इको भिलेज रुपान्तरणको लागि कार्यक्रम सञ्चालन भईरहेको छ भने त्रियगा नगरपालिका वडा नं. ०८ मा रहेको बैरेनि इको भिलेजलाई औपचारिक रुपमा इको भिलेज २०७० सालमा घोषणा गरिएको छ ।
त्यस्तै ओरेकले सल्यान जिल्लामा सञ्चालन गरेको ५ वटा इको भिलेजहरु स्थानीय सरकारलाई हस्तान्तरण गरेकोमा हाल पनि नियमित रुपमा सञ्चालन रहेको बताए ।
पर्यावरणीय मैत्री नमुना गाउँ उरहरी ठुलो गाउँ तुलसीपुर ११ का अध्यक्ष गणेशमान चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले सबै निकायसगं समन्वय गरेर वडा देखि पालिका हुदैँ देशभरीनै नमुना गाउँ बनाउन लाग्नुपर्ने बताए । दाङको वातावरणलाई इको सिस्टममा लैजान सके अन्य जिल्लाले पनि त्यसको सिको गर्दै जाने विस्वास व्यक्त गरे ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, दङ्गिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरि , शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेमा बुढाथोकी , लमही नगरपालिका उपाध्यक्ष लक्ष्मी योगी,
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबर्द्धन शाखा प्रमुख ओम प्रकाश न्यौपाने ,महिला बालबालिका तथा सामाजिक बिकास शाखा माया श्रेष्ठ,अधिकारकर्मी सुस्मा लामिछाने गिरि ,प्रसासन शाखा प्रमुख बिस्नु कुमारी आचार्य , फेडो दाङका अध्यक्ष युवा करारा, कृषि शाखा प्रमुख धनराज गौतम , उरहरी नमुना गाउँका ओमा चौधरी,अगुवा कृषक जागेवर भण्डारी पर्याबरनीय नमुना गाउँ बनाउन सबै लाग्नुपर्ने बताए । दिगो बिकास लक्ष्य प्राप्तिको लागि इको भिलेज महत्त्वपूर्ण हुने बताए ।
त्यस्तै हिंसा न्यूनीकरण गर्न सके मात्र नमुना गाउँ,नमुना पालिका बनाउन सकिने बताए । त्यसका लागि स्थानीय सरकारले नै टोल–टोलबाट यो कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए ।
उक्त कार्यक्रमको सहजीकरण ओरेक दाङका कार्यक्रम अधिकृत कल्पना चौधरीले गरेकी थिइन ।
यसैबिच त्यस कार्यक्रममा इको भिलेजका सदस्यहरुले माग पत्र हस्तान्तरण गरेका छन । उनीहरुले इको भिलेजका सुचकहरु पूरा गर्न पालिकाले आवश्यक बजेट छुट्टाउनु पर्ने लगाएतका माग गर्दै माग पत्र हस्तान्तरण गरेका थिए ।