२०८२ माघ ३ गते शनिवार

सार्वजनिक सवारीको भाडा घट्यो

काठमाडौँ ,साउन १ । सार्वजनिक सवारी साधनको भाडा दर घटेको छ।

सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको हो।

उक्त प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ।

सरकारले लागु गरेको स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको हो। सोही आधारमा यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटायो।

यस्तै, मालबहाक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *