२०८२ चैत्र १ गते आइतवार

दंगीशरणको बजेट ४३ करोड ६१ लाख ७० हजार

प्रमोद आचार्य,दंगीशरण असार १० । दंगीशरण गाउँपालिकाले आर्थिक बर्ष २०८०र८१ को लागी प्रस्तुत बजेट आइतबार शभामा प्रस्तुत गरेको छ । आइतबार १५ औ गाउँसभाको दोस्रो बैठकमा पालिकाकी उपाध्यक्ष पिमा वलि खड्काले उक्त बजेट सभामा प्रस्तुत गरेकी हुन ।

ूहाम्रो प्रण समुन्नत दंगीशरणू भन्ने मुल नाराका साथ पालिकाले शिक्षा, स्वास्थ्य,र कृषिलाइ जोड दिंदै आगामी आर्थिक वर्षका लागि ४३ करोड ६१ लाख ७० हजार बराबरको बजेट प्रस्तुत गरिएको छ ।

जस अन्तर्गत चालु तर्फ २७ करोड ५३ लाख १८ हजार र पुँजीगत तर्फ १६ करोड ८५ लाख २ हजार बजेट विनियोजन भएको पालिकाका प्रबक्ता रमेश भण्डारीले जानकारी दिए ।

जसमा प्रदेश सरकार बाट चालु खर्च ९७ लाख १४ हजार ,संघीय चालु खर्च १५ करोड ६४ लाख ८३ हजार ,र आन्तरिक स्रोत तर्फ १० करोड ९१ लाख ११ हजार गरी चालु खर्च तर्फ जम्मा २७ करोड ५३ लाख १८ हजार खर्च बिनियोजित भएको हो ।

यस्तै पुजिगत खर्च तर्फ प्रदेश सरकार बाट १ करोड ९८ लाख ७४ हजार,संघीय पुजिगत तर्फ ११ करोड ८६ लाख १७ हजार,आन्तरिक स्रोत तर्फ २ करोड २३ लाख ७१ हजार गरी जम्मा पुजिगत खर्च तर्फ १६ करोड ८५ लाख २ हजार रकम प्रस्तुत गरेको हो ।

यसरी कुल ४३ करोड ६१ लाख ७० हजार बराबरको बजेट प्रस्तुत भएको हो ।

आगामी आर्थिक वर्षका लागि शिक्षा, युवा तथा खेलकुद तर्फ १ करोड ५४ लाख ३० हजार, स्वास्थ्य तर्फ ७५ लाख,२ हजार कृषि र पशु तर्फ १ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । यस्तै प्रशासनिक खर्च तर्फ ८ करोड १५ लाख १८ हजार बिनियोजन गरीएको हो ।

यसै बिच आइतबार बसेको गाउँसभामा उपाध्यक्ष पिमा वलि खड्काले आर्थिक विधेयक २०८० र गाउँपालिका अध्यक्षले प्रस्तुत गरेको विनियोजन विधेयक सभामा पेश भएको हो ।

गाउँ सभाको बैठक पुन आगामी असार १४ गते दिउँसो १ बजे बस्ने गरि स्थगित गरिएको छ ।

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *