२०८२ चैत्र २ गते सोमवार

बर्दियामा ‘स्यानिटाइजर’ जस्तो अखाद्य पदार्थ खाएका २ जनाको मृत्यु,२ जना बिरामी

बर्दिया,असार ९ । बर्दियामा ‘स्यानिटाइजर’ जस्तो देखिने अखाद्य पदार्थ खाएका दुई जनाको मृत्यु भएको छ । दुई जना बिरामी भएका छन् ।

मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘स्यानिटाइजर’ जस्तो देखिने तरल पदार्थ खाएका ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ बिरामी भएका छ्न । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए ।

मृत्यु हुने र बिरामीले हिजो बेलुका अखाद्य पदार्थ खाएको र थप के खाएका थिए भन्ने विषयमा थप अनुसन्धान भैरहेको पनि प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *