लमही, असार ६ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले पनि वडाहरुमा प्रतिनिधिहरु खटाएको छ ।
क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा बुधबार लमहीस्थित पार्टी कार्यालय रातोडाँडामा बसेको बैठकले आम सर्वसाधारण संग काँग्रेसलाई जोड्ने अभियान अन्तरगत वडाहरुमा प्रतिनिधिहरु खटाउने निर्णय गरेको हो ।
बैठकले राप्ती गाउँपालिका – १ मा सुशिला चौधरी, २ मा भुपेन्द्र घर्ती , ३ मा प्रिया स्मृती गजमेर, ४ मा तारा घिमिरे, ५ मा सांसाद अलि खाँ, ६ मा जोखु चौधरी, ७ मा गणेश चौधरी, ८ मा कृष्णबहादुर चौधरी र ९ मा किरण विक्रम शाहलाई प्रतिनिधिका रुपमा खटाउने निर्णय गरेको हो ।
त्यसतै लमही नगरपालिका – १ मा खेम चौधरी, २ मा गीता चौधरी, ३ मा उमाकान्त चौधरी, ४ मा गंगा चौधरी, ५ मा धुर्वकुमार चौधरी, ६ मा बिनोद पाण्डे, ७ मा अजय न्यौपाने, ८ मा उर्मिला चौधरी र ९ मा तिलक बुढाथोकीलाई खटाएको छ ।
त्यस्तै राजपुर गाउँपालिका – १ मा ओमप्रकाश यादव, २ मा बुद्धि चौधरी, ३ मा प्रकाश जिसी, ४ मा रामप्रसाद यादव, ५ मा दिनेश गिरी, ६ मा रीता विक र ७ मा सहजराम वर्मालाई प्रतिनिधिका रुपमा खटाउने निर्णय गरेको छ ।
गढवा गाउँपालिका –१ मा खड्गबहादुर विक, २ मा श्रीपद चौधरी, ३ मा अयोध्याप्रसाद चौधरी, ४ मा बालचन्द्र हमाल, ५ मा ओभा पाठक, ६ मा रत्नप्रसाद श्रेष्ठ, ७ मा सकुन्तला गिरी र ८ मा अब्दुल वाहाव सिद्दिकीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै अबदेखि कांग्रेस दाङ क्षेत्र नम्बर १ ले घुम्ती बैठकको सुरुवात गर्ने निर्णयपनि गरेको छ ।
क्षेत्रले हरेक महिनाको ६ गते पार्टी कार्यालय रातो डाँडामा नियमित बैठक गर्दै आएको भएपनि साउन ६ गतेदेखि देउखुरीका सबै क्षेत्र समेट्ने गरि घुम्ती बैठक गर्ने निर्णय भएको क्षेत्रीय सचिव हरिहर शर्माले जानकारी दिए ।
बैठकले आगामी साउन ६ गतेको बैठक घोराही उपमहानगर पालिका – ५ मा पर्ने धारापानी मन्दिर परिसरमा गर्ने निर्णयपनि गरेको छ । सबै क्षेत्रका नेता कार्यकर्ताको भावनालाई सम्मान गर्दै सबै ठाउँहरुमा घुम्ती बैठक गर्ने निर्णय गरिएको सचिव शर्माले बताए ।