२०८२ चैत्र ३ गते मङ्गलवार

कांग्रेस क्षेत्र नं. २ ले खटायो वडामा प्रतिनिधि


घोराही, असार ६ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ले सदस्यहरुलाई हरेक वडाहरुमा खटाएको छ ।

क्षेत्रीय समितिको बुधवार घोराहीमा बसेको बेठकले ‘नयाँ सदस्यका लागि वडा र टोलको क्रियाशिलता’ अभियान अन्तरगत क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई क्षेत्रमा रहेका वडाहरुमा खटाउने निर्णय गरेको हो ।
क्षेत्रिय सभापति भिमप्रकाश खड्काको अध्यक्षतमा बसेको बैठकले क्षेत्र अन्तरगतका २७ वटा वडाहरुमा प्रतिनिधि खटाएको हो ।

निर्णय अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा कमल गौतम, १३ मा देवा सुवेदी, १४ मा ताराबहादुर डिसी र तुलसीकुमारी वली, १५ मा चित्रबहादुर डाँगी (निर्मल), १७ मा रञ्जित श्रेष्ठ, १८ मा दानबहादुर बुढाथोकी, १९ मा रमेशकुमार पाण्डे, बंगलाचुली गाउँपालिका १ मा तेजमणी दाहाल, २ मा धनेश्वर आचार्य, ३ मा हिमाल महरा, ४ मा मधुसुदन अधिकारी, ५ मा पदमराज शर्मा, ६ मा हरिबहादुर घर्ती, ७ मा दिनेश नेपाली र ८ मा प्रज्ञान रेग्मीलाई खटाएको छ ।


त्यस्तै घोराही ६ मा जंगबहादुर जिसी र बदरुदिन राईन, ७ मा निमबहादुर चौधरी, ८ मा रेखा केसी र शान्ता घिमिरे, ९ मा पार्वती योगी, १० मा गोपालप्रसाद भुषाल, ११ मा झगबहादुर बस्नेत र जयभोला परियार, १२ मा खुमाकुमारी खड्का र लक्ष्मी गिरी थापा, १६ मा शारदादेवी दाहाल र गोवद्र्धन डाँगीलाई खटाइको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा जगुलाल चौधरी र सीता चौधरी, १७ मा युवराज आचार्य, १८ मा राधा भण्डारी र १९ मा हिमबहादुर रावतलाई खटाइएको छ ।


त्यस्तै बैठकले क्षेत्र नम्बर २ ले प्रतिनिधिसभा क्षेत्रीय प्रशिक्षण शाखा गठन गरेको छ । पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशन अनुसार नियमावलिको दफा ३३ को उपदफा ४ बमोजिम उपसभापति प्रकाश श्रेष्ठ संयोजक रहेको प्रतिनिधिसभा क्षेत्रिय प्रशिक्षण शाखा गठन गरिएको छ ।


बैठकले बर्षाको समय सुरु भएको हुँदा किसानलाई सहज रुपमा रासायनिक मल तथा बिउविजन उपलब्ध गराउन सरकार समक्ष मागपनि गरेको छ ।

प्रकाशित मिति : २०८० असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *