२०८२ चैत्र १ गते आइतवार

फुटबल प्रतियोगितामा बिजेता खेलाडीलाई बधाई तथा सम्मान

१६ विद्यार्थीलाई खेलकुद सामाग्री वितरण

तुलसीपुर,असार ५ । मा.वि तुलसीपुर सेन्टरले अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगितामा बिजेता खेलाडीहरुलाई बधाई तथा सम्मान गरेको छ ।

मंगलवार विद्यालयमा आयोजित कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले खेलाडीहरुलाई खेलकुद सामाग्रीहरु सहित सम्मानपत्र प्रदान गरेका हुन।

दाङ जिल्ला फुटबल संघ र रेफ्री संघ दाङको संयुक्त आयोजनामा जेठ २२ गते बेलझुण्डीमा सम्पन्न अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगितामा मा.वि तुलसीपुर सेन्टरले ५२ विद्यालयहरुलाई पछि पार्दे उपाधि जितेको थियो ।

विद्यालयले उपाधी प्राप्त गर्ने १६ जना विद्यार्थीहरुलाई स्पोर्ट जुत्ता,ट्रायकहरु सहयोग गरेको छ ।

मा.वि तुलसीपुर सेन्टरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडलको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख खड्काले पढाईसगंसगगैं खेलकुदलाई पनि उत्तीकै महत्वका साथ अघि बढाउनुपर्ने बताए ।

उनले तुलसीपुर क्षेत्रलाई खेलकुदको हव बनाउनका लागि प्रत्येक वर्ष राष्ट्रपति रनिङ्शिल्ड,मेयरकप लगाएतका विभिन्न खेलहरु सञ्चालन गर्दै आएको बताए । उनले खेलकुद विकासको माध्यबाट तुलसीपुरलाई चिनाउन निति तथा कार्यक्रममा प्राथमिकतामा राखेर लैजाने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मा.वि तुलसीपुर सेन्टरमा प्रध्यानाध्यापक भागवत पौडेलले हरेक बालबालिकाहरुमा विषेश क्षमता हुने भन्दै उनीहरुको क्षमताको पहिचान गर्न सक्नुपर्ने बताए। उनले बिद्यार्थीलाई जीवन उपयोगी शिक्षा आवश्यक रहेकोमा जोड दिए ।

त्यस्तै उनले मा.वि तुलसीपुर सेन्टरले हाल ५ वटा विषयमा प्राविधिक शिक्षा सञ्चालन गरिरहेको पनि बताए । उनले मावि सेन्टर आइटी डिप्लोमा विषयमा स्थापनाकाल देखि उत्कृष्ट नजिता ल्याउदै आएको बताए ।

दाङ जिल्ला फुटबल सघका एन्फाका निबर्तमान अध्यक्ष सुशील श्रेष्ठ,वर्तमान महासचिव लक्ष्मण बस्नेतले खेलकुद बालबालिकाको सर्वाधिक बिकासको आधार भएको बताए । ‘पढाईले सानो घेरामा सिमित राख्छ तर खेलले बिस्वभर चिनाउछ,बस्नेतले भने । ’

उनले खेलकुदबाट आफुलाई अग्र स्थानमा पुर्याउन सकिने भन्दै अभिभावकहरुले पनि यसप्रति ध्यानदिनुपर्ने बताए ।

विद्यालयका शिक्षक नरेश वलिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहायक प्रध्यानाध्यापक भोला प्रसाद पौडेलले गरेका थिए ।

यसैबीच त्यस अवसरमा नयाँ वर्ष २०८० सालको भित्तेपात्रो बिमोचन समेत गरिएको छ ।

बिद्यालयले प्रकाशन गरेको भित्तेपात्रोको बिमोचन नगरप्रमुख टिकाराम खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *