दाङ, असार २ । बर्दियामा नालीमा तीन लाख बढीको सालका गोलियाहरु बरामद भएको छ ।
असार १ गते बिहान २ बजेतिर प्रहरी चौकी खैरापुर (क) बाट गस्तिमा गएको प्रहरी टोलीले गुलरिया नगरपालिका – १ गाउँ नं.१६स्थित सडक नालीमा सालको गोलीहरु फालेको अवस्थामा फेला पारेको हो ।
तीन लाख ३४ हजार ६ सय मुल्य बराबरको ८८.६५ क्यिू फिट सालको गोलीया बेवारिसे अवस्थामा नालीमा फालेको अवस्थामा फेला परेको प्रहरी सहायक हवल्दार हरि नारायण चौधरीले जानकारी दिए ।
गस्तिको प्रहरीलाई देखेपछि र सूचना पाएपछि तस्करहरुले अबैध रुपमा चोरी गरि लैजान थालेको गोलिया छोडेर भागेको हुन सक्ने प्रहरीको आशंका छ ।
प्रकाशित मिति : २०८० असार २ गते शनिवार