२०८२ चैत्र ३ गते मङ्गलवार

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

सल्यान,जेठ २८ । सल्यानमा जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ बाट दुई जनालाई पक्राउ गरेको हो ।

जेठ २४ गते अन्दाजी राती १० बजेको समयमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा छत्रेश्वरी गाउँपालिका ४ सुनपोखरीका १७ वर्षीय युवक र सोही ठाउँका २१ वर्षीय टोपेन्द्र घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

पीडित बालिका साथीको घरमा गएको समयमा साथीको घरबाट बोलाई जबरजस्ती करणी गरेको आफन्तले जाहेरी दिएपछि दुई जनालाई नियन्त्रणमा लिएको उनको भनाई छ ।

जिल्ला अदालत सल्यानबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गरी रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *