२०८१ मङ्सिर २७ गते बिहिवार

माओवादी बन्धकबाट मुक्त हुंदाको दिन…..

त्यो दिन मलाइ याद छ, तर तिथि मिति अहिले भुल्दै गएको छ । तत्कालिन माओवादी द्धन्द्धका वेला सरकारमा माओवादी शशस्त्र विद्रोह भैरहेको थियो । त्यहि विद्रोहका क्रममा मलाइ माओवादी लडाकुहरुले घरबाटै अपहरण गरे । आखामा कालो पट्टि बाधिएको थियो । सायद मलाइ घरबाट उत्तरतर्फ लगिएको थियो । मलाइ सायद सक्राम तर्फ लगिएको थियो ।

के आरोपमा म अपहरणमा परेको थिएं, थाहा छैन, तर मलाइ निर्मम यातना दिएर तेह्र दिन सम्म माओवादी सैनिक हिरासतमा राखिएको थियो । पछि गाउका नेताहरुले थाहा पाएपछि मलाइ मुक्त गरियो । मलाइ याद छ, त्यो वेला मलाइ अपहरण मुक्त गराउन पुर्ण डांगि, कमल चौधरी, कमल पोख्रेल लगायतले भुमिका निर्वाह गर्नु भएको रहेछ ।

दिनदिनै दर्जनौको ज्यान गएका हुन्थ्यो, त्यो वेला । तर मलाइ लामो समयसम्मको यातना पछि मलाइ तात्कालिन विद्रोहिले अपहरण गरी यातना दिंदा बाच्छु जस्तो लागेको थिएन । तर मलाइ मुक्त गरेपछि आमा कालु खड्काको काखमा जिम्मा लगाइएको थियो । त्यो वेला मैले आमाको काखमा हर्षको आंसु वगाएको थिए । मलाइ किन कस्ले अपरहण गर्न लगायो भन्ने तर्फ मेरो ध्यान कहिल्यै गएन, किनकि म बाचेकोमा मात्रै खुसी सम्झन्थे ।

हो त्यो वेला माओवादी सरकारबीच राजनितिक अधिकारकालागी शशस्त्र विद्रोह भएको थियो । विद्रोहका क्रममा दुवै तर्फका निर्दोशहरु पनि युद्धका शिकार भैरहन्थे । अव मुलुकमा शान्ति प्रक्रिया आएर लोकतान्त्रिक संघात्मक गणतन्त्र स्थापना भएको छ । अव मैले पनि ती द्धन्द्धका घाउ विर्षेर फेरी मुलुकलाइ समृद्धिको मार्गमा लैजान केहि न केहि सहयोग गर्नै पर्ने छ । लेखिदिनु होला माओवादी अपहरणबाट मुक्त हुंदाको दिन मेरो सवैभन्दा खुसीको क्षण हो ।

जुन पार्टिका लगाकुहरुले मलाइ अपहरण गरेर तेह्र दिन सम्म निर्मम यातना दिएका थिए, उहि पार्टिका नेताहरुले मलाइ यातनाबाट मुक्त मात्र गराएनन्, त्यो वेला कुटिएका निलडाममा मलम समेत लगाइदिएका थिए । ती नेतृत्वप्रति म सधै आभारी छु ।

त्यसो त मेरो खुसी स्टीकरवाला साइकल हो, जुन मलाइ ६ कक्षा पढ्ने वेलै मेरी आमा कालु खड्काले किनिदिनु भएको थियो । बवाको सानै उमेरमा निधन भएकाले मैले बुवा आमा दुवैको मायां ममतामयि आमा बाट पाएं । उहांले मेरा चाहनालाइ कहिल्यै तिरस्कार गर्नु भएन । त्यसपछि बैवाहिक जिवनमा पनि बाधिन पुगे ।

जुनवेला मैले तुलसीपुर टेक्सि समितिमा इन्चार्जको रुपमा काम गर्थे त्यहि वेला मेरो कमाइ र श्रीमती प्रकिृतिको माइतिले दिएको सहयोगले हिरो होण्डा मोटरसाइकल पनि किने । सायद गाउमा मोटरसाइकल कुदाउने मेरो उमेरको पहिलो व्यक्ति हुं । मेरो मोटरसाइकलको हर्न बजेपछि गाउमा हल्लिचल्ली हुन्थ्यो, विरेन्द्रको मोटरसाइकल ।

त्यसो त मैले जिवनको बाटो विराउने अभ्यास पनि सुरु भैसकेको थियो । किनकि आमाले पुल्पुल्याउंदा म गलत बाटोमा जान खोज्दै थिएं सायद । तर मेरी जिवन संगिनिले मलाइ त्यो वाटो बन्द गरीदिइन् । हामीले दुधरासमा बनाएको नयां घरमै प्रकृति इलेक्ट्रोनिक्स पशल सन्चालनमा ल्यायौं । त्यसपछि मैले अल्टो कार किने । सायद गाउमा कार किन्ने र चढ्ने पनि म पहिलो युवा थिए । त्यसपछि अल्टो कार सम्मको सोख मलाइ जाग्यो, किनकि म सौखिन मान्छे हुं । अहिले मैले एउटा पेट्रोल पम्प चलाएको छु । केहि टिप्परहरु छन् । केहि ट्रकहरु पनि छन् । मलाइ अहिले व्यवसायी कम समाजसेवी भन्दा पनि हुन्छ । अर्थात म अहिले नेपाली कांग्रेसको सक्रिय राजनितिमा पनि जोडिएको छु ।

मलाइ राजनितिक प्रेरण दिने नेता आदरणिय स्वर्गिय खुम वहादुर खड्का हुनुहुन्छ । उहां दाङ आउदा कुनैपनि कार्यक्रममा मैले पिएसओको भुमिका पाउथे । हामी युवा जत्था नेता खड्कालाइ सुरक्षा स्कटिङ दिन चन्द्रौटा अमिलिया सम्म पुग्थ्यौ । तर खुम वहादुरको निधन पनि म राजनितिमा केहि निस्कृय भएको थिए । तर अहिले मैले वडाको सभापतिको नेतृत् वगर्न पाएको छु ।

लेखिदिनुहोला खुमवहादुर मेरो खुसी, जसले मलाइ राजनिति र सामाजिक प्रेरणा दिनुभएको थियो । सायद उहां विवितै रहेको भए नेपाली कांग्रेसमा यति धेरै वैचारीक विचलन आउने थिएन । उहां दाङको समृद्धिको मियो हुनुहुन्थ्यो । हामीले कुशल राजनितिज्ञ गुमाएका छौं ।

वेलझुण्डिको कोरोना अस्पतालका विरामीलाइ अक्सिजन सिलिण्डरको व्यवस्थापन होस वा मास्क र सेनीटाइजर लगायत फलफुल वितरण गरेको क्षण मेरा लागी अविस्मरणिय खुसीका क्षण हुन् । कमाइको केहि हिस्सा समाज सेवामा लगाउनु पर्छ भन्ने मैले मेरो आमाबाट प्रेरणा पाएको छु । त्यसैले सामाजिक कामकालागी मैले दिनको चर्को घाम भन्दिन, रात भन्दिन, खवर पाउनासाथ फिल्डमा पुग्न म सधै आतुर हुन्छु ।

त्यसो त खुसी पैसा मात्र होइन, खुसी आत्म सन्तुष्टि हो । खुसी अनुभुति हो । पैसा अत्यन्तै आवस्यक हुन्छ । तर पैसाले खुसी किन्न सकिदैन । पैसा साधन मात्रै हो । साध्य होइन । त्यसैले खुसी एउटा आफै भित्र अनुमुति गर्ने चिज पनि हो भन्ने मलाइ लाग्छ ।

माथि उल्लिखित खुसीका अविस्मरणिय क्षणहरु हुन दुधरासका युवा नेता तथा समाजसेवी विरेन्द्र खड्काका । त्यसो त पछिल्लो पटक लायन्स क्लव अफ कालिका मालिकामा जोडिदाको दिन । विजौरीको एउटा घरमा अग्रज युवा नेता तथा तुलसीपुर उपमहानगरपालिका कांग्रेस इकाइ सभापति शुरेश हमाल संगको सामिप्यताका कारण खड्का लायन्स क्लवमा जोडिएका हुन् । अहिले सो क्लवले रक्तदान लगायत असहायहरुलाइ राहत वितरण देखि बजार सरसफाइ लगायतका सामाजिक काममा सक्रिय छ ।

दुधरासमा जन्मिएर दुधरासमै कर्मथलो बनाएका युवा व्यवसायी खड्काले प्रार्थमिक शिक्षा प्रावि वेलझुण्डिमा पुरा गरे । माध्यमिक शिक्षा जनकल्याण मावि दुधरासबाट पुरा गरे । आइए पढ्दा पढ्दै उनको पढाइमा ब्रेक लाग्यो। तर व्यवसायमा उनको रुचि बढ्दै गयो ।

आवद्ध संस्थाः सानै उमेरमा नव एकता युवा क्लवको अध्यक्ष, जसले सामाजिक काम गथ्र्यो, त्यो वेला विवाह भोजकालागी आवस्यक सवै भाडा कुडा जुटाएर समाज सेवाको काममा उनको नेतृत्वको क्लव जोडियो । अहिले उनी दुधरासमा भर्खरै निर्माण भएको विश्वनाथ वावा धामको मन्दीर व्यवस्थापन समितिको सचिव रहेका छन् । राप्ती अन्चल संयुक्त ट्रक व्यवसायी समितिको सदस्य हुंदै हाल उपाध्यक्षको जिम्मेवारीमा छन् ।

लायन्स क्लव अफ कालिका मालिकाका अध्यक्षको भुमिकामा रहेका उनी दुधरास नारायणपुर क्षेत्रमा रहंदा नारायणपुर उद्योग वाणिज्य संघको पनि दुइ कार्यकाल सदस्य थिए । त्यसपछि विजौरी उद्योग वाणिज्य संघ खुलेपछि दुधरास विजौरी उद्योग वाणिज्य संघमा समाहित भयो । उनी विजौरी उद्योग वाणिज्य संघका समेत महासचिवको जिम्मेवारी पुरा गरे । भन्छन् खुसी आत्म पैसा, सन्तुष्टि अनि समाजसेवा ।

खड्का युवा व्यवसायी एवं समाजसेवी हुन् ।

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *