२०८२ चैत्र ३ गते मङ्गलवार

उपप्रधानमन्त्री खड्काकी माइली भाइ बुहारी डा. सञ्जुको कार दुर्घटनामा मृत्यु

दाङ, जेठ १६ । बाँकेमा मंगलबार बेलुका भएको सवारी दुर्घटनामा परि सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी माइली भाइ बुहारीको मृत्यु भएको छ ।


५३ वर्षीया डा . सञ्जु खाती खड्काको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा बेलुकी ८ बजेतिर मृत्यु भएको बाँके जिल्ला प्रहरी प्रंमुख एसपी सञ्तोस सिंह राठोरले जानकारी दिए । सञ्जु कर्णाली प्रदेश अस्पतालको निर्देशक डा.डम्मर खड्काकी श्रीमती हुन ।

डम्मर उपप्राधनमन्त्री पूर्णबहादुर खड्काका माइला भाइ हुन । मेसु डम्मर हप्ता दिन अगाडि मात्रै ७२औं स्वास्थ्य सम्मेलनमा भागलिन नर्बेमा पुगेका थिए ।


स्रोतका अनुसार यही बर्ष मात्रै डम्मर र सञ्जुले सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडा नं. ७ इतपुरमा नयाँ घर बनाएका थिए । झन्डै ८ दिन पहिले मात्रै सञ्जु घरमा प्रबेश गरि काठमाडौं तर्फ लागेकी थिइन ।

दुर्घटनामा परि कार चालक दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका ३७ बर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको एसपी राठोरले बताए ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोला नजिकै मंगलबार बेलुका सवा ५ बजेतिर नेपालगंजबाट काँकटभित्रा पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको बा १३च ८२५३ नम्बरको कारलाई ठक्कर दिदा उक्त दुर्घटना भएको एसपी राठोरले बताए ।
तीब्र गतिका कारण दुर्घटना भएको प्रारम्भीक अनुमान प्रहरीले गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट पुगेको प्रहरीले घाइतेहरुलाई उद्धार गरि कोहलपुर मेडिकल कलेजमा पु¥याएको थियो । अस्पताल पु¥याएको केही बेरमै कारमा सवार डाक्टर खड्का र चालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

सगरमाथा प्रालिको उक्त बसमा कुल २६ जना सवार रहेकोमा ६ जना घाइते भएको कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। घाइते सबैको अवस्था खतरा मुक्त रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

कारमा डाक्टर सञ्जु र कार चालक मात्रै सवार रहेको प्रहरीले बताएको छ । अहिले शबको मुचुल्का तयार पार्ने कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *