२०८२ चैत्र १ गते आइतवार

तुलसीपुरमा जग्गा नाप जाँचको काम सुरु

तुलसीपुर जेठ ९ । तुलसीपुर उपमहानगरपालिकामा भूमि राष्ट्रिय भूमि आयोगले जग्गा नाप जाँचको काम सुरु गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बाट मंगलबारदेखि काम सुरु गरेको हो । राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष लेखराज सिह र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उद्घाटन गरेका हुन ।

तुलसीपुर उपमहानगरपालिका भित्र १३ हजार नौ सय ४१ को लगत प्रविष्टि लिइएको छ । त्यसमध्ये भूमिहिन दलितको दुई हजार ७९,भूमिहीन सुकुम्बासीको दुई हजार आठ सय ९२ र अव्यवस्थित बसोबासीको आठ हजार नौ सय ७९ रहेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले आफु निर्वाचित भएर आएपछि भूमिहीन दलित,सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्ने पहिलो निर्णय भएको भएपनि वडाहरुबाट विगतमा भरिएका फारामको लगत प्रविष्टिमा ढिलाई भएका कारण एकवर्ष वर्पपछि मात्रै जग्गा नापजाँचको काम सुरु बताए ।

उनले बिचौलियाको प्रभावका कारण वास्तविक भूमिहीन दलित,सुकुम्बासी लालपूर्जा पाउनबाट वञ्चित हुने अवस्था सिर्जना हुन सक्ने भन्दै वडास्तरीय सहजीकरण समितिलाई नाँजजाँचका क्रममा विशेष ध्यान दिएर काम गर्न निर्देशन दिए ।

तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर ६ र १८ मा मात्रै लगत प्रविष्टिको काम सम्पन्न भएको छ । २,१४ र ८मा लगत प्रविष्टिको अन्तिम चरणमा रहेपनि अन्य वडाहरुबाट विवरण नै नआएको भूमि शाखाका प्रमुख माधव पौडेलले बताए ।

राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष लेखराज रेग्मीले जिल्लाका अधिकांश पालिकाहरुमा भूमि सम्बन्धी नाँपजाँचको काम सुरु भएको र राप्ती गाउँपालिकामा अन्तिम चरणमा पुगेको बताए ।

उनले पालिकाबाटै नाँपजाँच अन्तिम प्रक्रिया नै हुने भएकाले नाँपजाँचका क्रममा सहयोग गर्नका लागि आग्रह गरे ।

जिल्लाभर ७६ हजार तीन सय ६ भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको फाराम भरिएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *