तुलसीपुर, जेठ ३ । बक्सिङ संघ दाङको अध्यक्षमा तुलसीपुरका बिशालजंग शाह सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् ।
मंगलबार तुलसीपुरमा भएको संघको भेलाले शाहको नेतृत्वमा चार बर्षे कार्यकालका लागि १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । शाह यसअघि पनि बक्सिङ संघको जिल्ला अध्यक्ष थिए ।
अध्यक्ष भएपछि प्रतिक्रिया दिदै शाहले खेलहरुको राजा मानिने बक्सिङका खेलाडीहरु उत्पादनमा भूमिका खेल्ने बताए । पछिल्लो समय बक्सिङका खेलाडीहरुको संख्या न्यून भइहरेको प्रति चिन्ता जाहेर गर्दै शाहले राज्यले त्यसका लागि उपयुक्त भूमिका खेल्न नसकेको प्रतिक्रिया दिए ।
‘राज्यले जति गर्नु पर्ने हो खेल क्षेत्रमा त्यति लगानी गर्न सकेको छैन,’ उनले भने । खेल र खेलाडीको सम्मान हुन नसक्दा खेलाडी पलायन हुने क्रम बढ्दै गएको हुँदा त्यसका लागि आँफुहरु मिलेर पहल गर्ने उनले बताए ।
संघको भेलाले उपाध्यक्षमा अताउल गणी र जयबहादुर घर्ती मगर, सचिवमा हस्तबहादुर जिएम, सहसचिवमा कृष्ण सुनार, कोषाध्यक्षमा दीपक केसी र सहकोषाध्यक्षमा एलिसा सेन्चुरीलाई चयन गरेको छ ।
संघको सदस्यहरुमा मानबहादुर राना, ताराबहादुर राना, बिजय बस्नेत, पुष्पा गुसश वली, सुरेन्द्र बुढा र अमितसिंह ठकुरी रहेका छन् ।