२०८२ चैत्र १ गते आइतवार

लुम्बिनीमा तिब्र गतिकै कारण ६९.६१ प्रतिशत सवारी दुर्घटना

तुलसीपुरका विभिन्न स्थानमा डिजिटल बोर्ड स्थापना



तुलसीपुर,जेठ २ । सडक दुर्घटना न्युनीकरण गर्न ट्रार्फिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशले सडक प्रयोगकर्ता,विद्यार्थी,मजदुर,चालक–सहचालकहरुलाई सडक शिक्षा कार्यक्रम दैनिक रुपमा सञ्चालन गरिरहेको छ ।

तर पनि लुम्बिनी प्रदेशमा सडक दुर्घटना र क्षतिको ग्राफ भने हरेक वर्ष बढ्दो क्रममै छ ।

प्रदेशभरीका १२ वटै जिल्लाको तथ्याङ्क हेर्दा दैनिक रुपमा ८ सय भन्दा बढी विभिन्न सवारी साधनहरु प्रहरीकोे नियन्त्रणमा पर्ने गर्छन । नियन्त्रणमा सबैभन्दा बढी मोटरसाइकल र साना सवारी साधनहरु पर्ने गरेको पाइएको छ ।

दैनिक रुपमा नियन्त्रणमा पर्ने ति सवारी साधनबाट ७ लाख बढी राजश्व संकलन हुने गर्छ । लुम्बिनी प्रदेश प्रहरीले हाल दैनिक जसो ४० वटा सचेतनामुलक कार्यक्रमहरु अभियानकै रुपमा चलाइराखेको छ ।

तर पनि प्रत्येक वर्ष हजारौ मानिसहरु सडक दुर्घटनामा परि ज्यान गुमाउन बाध्य छन । ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका ट्राफिक प्रमुख कृष्ण प्रसाँईका अनुसार दुर्घटनाको मुख्य कारण भने तिब्र गति नै देखिन्छ ।

चालु आर्थिक वर्षको साउन देखि चैत मसान्तसम्म भएका ६ सय ४५ वटा दुर्घटना मध्ये ४ सय ४९ वटा अर्थात (६९.६१ प्रतिशत ) दुर्घटना तिब्र गतिकै कारण भएका छन ।

त्यस्तै चालकको लापरवाहीका कारण ९९,पैदल यात्रुको गल्तीका कारण २६,यन्त्रिक गडबढी २१,मापसे १४,चौपाया १३,सडकको अवस्था १४,ओभरटेक ६,ओभरलोड २,मौसमको कारण १ गरि ६ सय ४५ वटा दुर्घटना भएको ट्राफिक प्रमुख प्रसाँईले बताए ।

उनका अनुसार सबै भन्दा बढी सवारी दुर्घटना रुपन्देहीमा भएका छन । रुपन्देहीमा चालु आर्थिक वर्षमा मात्र १ सय ५८ वटा सवारी दुर्घटना भएका छन ।

त्यस्तै गुल्मीमा १०४,दाङमा ७८,कपिलबस्तुमा ७७,नवलपरासी पश्चिममा ६३,बाँकेमा ५४,पाल्पामा ३८,प्युठानमा २५,अर्घाखाँचीमा २३,रोल्पामा १७ र पुर्वी रुकुममा ३ दुर्घटना भएको बताए ।

सोमवार तुलसीपुरमा आयोजना गरिएको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत डिजिटल बोेर्ड स्थापना कार्यक्रममा बोल्दै प्रसाईले ८ सय ६७ वटा दुर्घटनामा ४ सय ८० साना मोटरसाइकल दुर्घटना भएको बताए ।

त्यस्तै उनले सवै भन्दा बढी दुर्घटना पक्कि सडकमा हुने गरेको पनि बताए । ‘सवारी दुर्घटनाका धेरै कारणहरु छन् अन्य कारणहरु ट्राफिक नियम पालना नगर्नु, सवारीको अवस्था ठिक नहुनु, सडकको स्तर उन्नती नहुनुपनि अर्को कारण हुन् –एसपी प्रसाइले भने ।’

उनले आफुहरुले ट्राफिक व्यवस्थापनका लागि सवारी दुर्घटनालाई न्यूनिकरण गर्न विभिन्न सचेतनात्मक कार्यक्रमहरु गरिरहे पनि भौगोलिक विकटता र सडकको उत्तरोउन्नत्ती नहुनु,प्राविधिक साधन श्रोत प्रयास मात्रामा उपलब्ध नहुनु,सडकमा छोडियाका चौपायाको व्यवस्थापन नहुनु,बजार एरियाहरुमा पाकिङ् स्थलको व्यवस्था नहुनु जस्ता विभिन्न कारणले सवारी दुर्घटना न्युनीकरणमा चुनौती भएको बताए ।

उनले गत आर्थिक बर्ष भन्दा यस आर्थिक बर्षमा सवारी दुर्घटना र मानिसको मृत्यु कमी आएको बताए । आर्थिक बर्ष २०७९÷०८० को बैशाख मसान्त सम्म सवारी दुर्घटना ७ सय ३४ वटा भएकोमा ३सय ८७ जनाको मृत्यु भएको , गम्भीर घाईते ६सय ५५, पशुचौपाय मृत्यु २४, भएको बताए।

उनले १ सय ९ वटा स्थानीय निकाय मध्य पहिलो पटक तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ५ बाट डिजिटल बोर्ड स्थापना गरेको भन्दै नगरप्रमुख र वडाध्यक्षलाई धन्यवाद दिए ।

‘लुम्विनी प्रदेशको तुलसीपुरबाट यो सचेतना डिजीटल बोर्ड राख्ने काम भएको छ उनले भने ।’ सोमवार तुलसीपुरका विभिन्न स्थानहरुमा डिजिटल बोर्ड स्थापना गरिएको छ । तुलसीपुरको बसपार्क,बिरन्द्र चोक,जसपुर र गोठीखोलामा डिजिटल बोर्ड स्थापना गरिएको हो ।

उक्त बोर्डको उद्धघाटन तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का, ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका ट्राफिक प्रमुख कृष्ण प्रसाँई,वडा नं. ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले गरेका हुन।

त्यस अवसरमा बोल्ने बक्ताहरुले दुर्घटना न्युनिकरणका लागि सवै पक्ष जिम्मेवार हुनुपर्ने बताएका थिए ।

सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका अध्यक्ष नारायणी रजौरेको अध्यक्षतामा भएको कार्यक्रममा तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको मानवले हेलचक्राईले गर्दा मानवले नै मृत्युवरण गर्नुपर्ने भएको बताए।

उनले सडकको असहज खाल्डा खुल्डी अनियन्त्रीत साधन चलाउदा पनि दुर्घटना बढेको बताए। ‘जथाभावि पार्किङ, सडक कप्जागरि व्यापार व्यवसायी तथा सडक च्यापेर गरिने सवैकुराहरुलाई नियन्त्रण हामीहरुले गदै आएका छौं –उनले भने।

उनले सडक सुरक्षा समिति तुलसीपुरमा बनेको भन्दै दुघर्घटना न्यूनिकरणका लागि सवै जिम्मेवार हुनुपर्ने बताए । कार्यक्रममा तुलसीपुर ५ का अध्यक्ष विरेन्द्र शाहले आफुहरु जनप्रतिनिधि भई आए पछि विभिन्न सडक सचेतना देखि विभिन्न अभियान थालेको बताए ।

उनले तुलसीपुरमा लोड आनलोड तथा बाटोमा निर्माण सामग्री राख्ने निश्चित समय भएपनि त्यो लागु नभएको बताए । उनले सडक दुर्घटना न्यूनिकरणका लागि सवै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।

त्यस्तै यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले २०३० सालमा त्यति बेलाको अवस्थामा बनेको सडकहरु साघुरा भएको भन्दै विभिन्न कारणले सवारी दुर्घटना हुने गरेको बताए । हमालले सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतना आवश्यक भएको भन्दै तुलसीपुरमा डिजिटल सूचना बोर्डले सचेतना दिने बताए।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष केशव भण्डारीले चालकहरुले मापासे नगर्ने गाडि चलाउदा मोवाईल नउठाउँने बृद्धबृद्धाहरुलाई सहयोग गर्ने र ट्राफिक नियम पालना गर्ने हो भने दुर्घटना न्युनीकरण धेरै हुने बताए ।

उनले अहिले सडकको अवस्था दयनिय भएको भन्दै त्यसले गर्दा दुर्घटना बढेको बताए ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख किरण प्रकास मल्लको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव सरद रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *